Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु

चरिकोट - दोलखामा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर १ का ६१ वर्षीय वृद्ध रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ती वृद्धको मध्यान्ह १२ बजे चरिकोट अस्पतालमा मृत्यु भएको हो । ज्वरो आउने र फोक्सोमा समस्या देखिएपछि गत वैशाख २९ गते स्वाब संकलन गरी पिसिआर परीक्षण गरीएको थियो ।

ती बृद्धलाई स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि सदरमुकाम स्थित चरिकोट अस्पताल भर्ना गरिएको थियो । मृतकको शव भीमेश्वर नगरपालिका १ मै अन्त्येष्टी गरिदैछ । 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update