Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जिसस प्रमुखको अपिल : स्थिति जटिल बन्नसक्छ, मापदण्ड पालना गरौं

चरिकोट – जिल्ला समन्वय समिति दोलखाले कोरोना संक्रमणबाट भयानक परिस्थिति आउनसक्ने भन्दै तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न अपिल गरेको छ ।

जिसस प्रमुख डवल पाण्डेले सोमवार एक सार्वजानिक अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् । अपिलमा सम्भावित भयानक परिस्थितिलाई ध्यानमा राखि सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड कडाईका साथ पालना गरी आफु र आफ्नो परिवारलाई संक्रमण हुनबाट बचाउन अपिल गरिएको छ ।

यस्तै विभिन्न जातजाती, भाषा, धर्म, सम्प्रदायले गर्ने कुलपूजा एवं दिवाली र अन्य प्रकृतिका धार्मिक, सांस्कृतिक परम्परा, पर्व वा उत्सव सामुहिक रुपमा मनाउँदा स्थिति जटिल हुनसक्ने भन्दै त्यस्ता गतिविधिहरु नगर्न भनिएको छ । “परम्पारा, पर्व वा उत्सव साथै विवाह, व्रतबन्ध, कुलपूजा एवं दिवाली लगायतका धार्मिक सामाजिक क्रियाकलापहरु महामारी नियन्त्रणमा नआउन्जेलसम्म नगर्न नगराउन हुन जिल्लावासी सबैमा सादर अपिल गर्दछौं, अपिलमा उल्लेख छ ।

कतिपय स्थानमा ठाउँहरुमा अहिलेपनि कुलपुजा एवं दिवाली, विवाह, व्रतबन्ध, मृत्यु संस्कार गर्ने क्रम जारी रहेपछि जिससले पुन यस्तो अपिल जारी गरेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update