तिब्बत सरकारद्वारा नेपाललाई आइसीयू, भेन्टिलेटर र अक्सिजन सामाग्री सहयोग

काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन मेडिकल सामाग्री सहयोग गरेको छ ।
ल्हासास्थि नेपाली महा वाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बतले ४० केजी क्षमताका ६०० थान अक्सिजन सिलिण्डर तथा लिक्विड अक्सिजन उपलब्ध गराएको छ ।
त्यस्तै २०० थान आइसीयू बेड,१० थान अक्सिजन कन्सन्ट्रेटर र ५ थान भेन्टिलेटर तथा १५ हजार किट तत्कालै उपलब्ध हुने ढकालले बताएका छन् ।
तिब्बत सरकारले नेपालतर्फ बिना अवरोध मेडिकल कार्गो आवागमन गराउने प्रतिवद्धता समेत जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८ १२:१३
प्रतिक्रिया दिनुहोस्