Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा

काठमाडौं - संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदैछन् । नेताहरुका अनुसार आज तयारी सकेर भोली सर्वोच्च जाने तयारी छ । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन भनेका छन् ।

कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुह, जसपा र राष्ट्रिय जनमोर्चाले संसद विघटन विरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका थिए ।

विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने उनीहरुको दाबी छ ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update