Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पूर्वमन्त्री पोखरेलले गृहजिल्लालाई उपलव्ध गराए ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री

चरिकोट - नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलको पहलमा दोलखा जिल्लाका लागि ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ ।

एमाले केन्द्रीय नेता समेत रहेका पोखरेलको पहलमा आएको स्वास्थ्य सुरक्षा सामाग्री जिल्लाका ९ वटै स्थानी तह, अस्पताल, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, पत्रकार महासंघ, प्रेस चौतारी, जिल्ला स्थित रेडियोहरु, वालगृह तथा विभिन्न संघ संस्थाहरुलाई मंगलवार प्रदान गरिएको छ ।

पोखरेलको पहलमा जिल्लामा एक हजार लिटर सेनिटाईजर, ४० हजार पिस मास्क, ३४ हजार पिस सेनिटाईजर प्राप्त भएको थियो । जसमध्ये प्रत्येक स्थानिय तहलाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ४ हजार पिस मास्क, ८० लिटर सेनिटाइजर र ३ हजार चक्कि सिटामोल हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ । उक्त स्वास्थ्य सामाग्री स्थानीय तहले सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पतालहरुमार्फत सर्बसाधरणसम्म पुर्याईने नेता पोखरेलका पुत्र रिनन पोखरेलले बताए ।

पछिल्लो समय दोलखामा कोरोना महामारी जिल्लाव्यापी रुपमा फैलिएका बेला ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराईउको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री उपलव्ध गराईएको पोखरेलले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update