कालिञ्चोक गाउँपालिकाका कोरोना संक्रमित बृद्धको मृत्यु

चरिकोट - दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकाका एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का ७१ वर्षिय बृद्धको बिहिवार उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाण्डौं स्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ती बृद्धलाई एकसाता अघि गाउँमै कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८ २०:५७
प्रतिक्रिया दिनुहोस्