Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी

काठमाण्डौं - गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि संचालनमा ल्याउने तयारी गरिएको छ । अधिकारीहरुका अनुसार साउन महिनाको दोस्रो सातासम्म रेल सञ्चालनमा आउनेछ ।

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै चौतर्फी बिरोध भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले रेल सञ्चालनको अन्तिम तयारीमा मन्त्रालय जुटेको जानकारी दिए ।

त्यसका लागि भारतीय चालक र अन्य नेपाली जनशक्ति लिइएको छ । लामो समयसम्म सञ्चालनमा आउन नसक्दा भौतिक पूर्वाधारमा परेको प्रभावको निवारण गरेर साउन ६ गते भारतीय पक्षबाट रेल सञ्चालनका लागि आवश्यक संरचना नेपालले बुझ्ने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update