Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैंक तथा बित्तीय संस्थाको बृहत समिक्षा गर्ने प्रधानमन्त्रीको तयारी
बैंक तथा बित्तीय संस्थाको बृहत समिक्षा गर्ने प्रधानमन्त्रीको तयारी काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समिक्षा गर्ने तयारी गरेका छन् । समस्या समाधानका लागि उनले बृहत् समीक्षा बैठक बोलाउने भएका हुन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन् ।
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब
नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब काठमाडौँ ।  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी...
मध्य भोटेकोशीको निर्माण प्रगति ९५ प्रतिशत
मध्य भोटेकोशीको निर्माण प्रगति ९५ प्रतिशत सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ–ब्याज तिरेमा जरिबाना छुट हुने
भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ–ब्याज तिरेमा जरिबाना छुट हुने काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने नियम लागु गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।
नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब
नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब काठमाडौँ । नेपालले सात महिनाको अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोडको व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८.७१ प्रतिशतले कमी हो ।
चालु आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घटाईयो
चालु आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घटाईयो काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाईएको जानकारी दिएका छन् ।
८६ मेगावाटको सोलुखोला आयोजनाबाट व्यापारिक उत्पादन सुरु
८६ मेगावाटको सोलुखोला आयोजनाबाट व्यापारिक उत्पादन सुरु सोलुखुम्बु । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थालेको छ । व्यापारिक उत्पादन सुुरु भएपछि उक्त आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अघिल्लो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाको सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले...
भारतले बढाएर पठायो ईन्धनको मूल्य
भारतले बढाएर पठायो ईन्धनको मूल्य काठमाडौँ । भारतले इन्धनको मूल्य बढाएर नयाँ मुल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७...
तामाकोशी पाचौँ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिईदै
तामाकोशी पाचौँ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिईदै काठमाडौं । तामाकोसी-५ जलविद्युत आयोजना निर्माण चिनियाँ कम्पनीले गर्ने भएको छ । आयोजना निर्माणका लागि परेका प्राविधिक प्रस्ताव मध्ये दुई चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड सर्टलिस्टमा परेका हुन् । अब ती दुई कम्पनीमध्ये एकले आयोजना निर्माणको ठेक्का पाउने आयोजनाका अधिकारीहरु बताउँछन् ।
६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही
६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही काठमाडौँ । ६ वटा विकास बैंक र ४ फाइनान्स कम्पनीहरु कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेपछि उनीहरुलाई कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मापदण्ड पुरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको छ । 
Weather Update