विपि राजमार्गको भकुण्डे-मेच्छेपौवा सडक सुचारु
आइतबार, असोज २०, २०८१

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो
बिहीबार, असोज १७, २०८१
काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोबारे सर्वदलीय बैठक: यस्तो छ निर्णय
आइतबार, असोज १३, २०८१
काठमाडौं । बाढीपहिरोबाट घरबास गुमाएकाहरुको तत्काल पुनर्स्थापना प्रक्रिया अगाडि बढ्ने भएको छ। आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।

उद्धार, राहत र पुर्नस्थापनामा खट्न दलहरुको निर्देशन
आइतबार, असोज १३, २०८१
काठमाडौं। अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेपछि उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन दलहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुले यस्तो निर्देशन दिएका हुन् ।

पहिरोले एम्बुलेन्स रोकिएपछि दुई बिरामीको मृत्यु
आइतबार, असोज १३, २०८१
काठमाडौं । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

आर्थिक बृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण
बिहीबार, असोज १०, २०८१
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस वर्ष कृषि उत्पादनमा सुधार, बिजुली उत्पादनमा वृद्धि र सुध्रिँदै गएको पर्यटन क्षेत्रलगायत कारण आर्थिक वृद्धिमा सुधार हुने एडीबीको प्रक्षेपण छ । सरकारले भने चालु आर्थिक वर्ष २०८१/८२ मा ६...

डेंगीको संक्रमण फैलिँदै, साँढे १२ हजार संक्रमित
बिहीबार, असोज १०, २०८१
काठमाडौं । डेंगीको संक्रमण तिब्र रुपमा फैलिँदै गएको छ । सन् २०२४ को नौ महिना (जनवरीदेखि सेप्टेम्बरसम्म) को अवधिमा सबैभन्दा धेरै डेंगी संक्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार सेप्टेम्बरमा काठमाडौंमा पनि संक्रमण बढेको छ ।