माटोको ढिस्कोले पुरिएर दोलखामा तीन जना घाईते
बिहीबार, कात्तिक ८, २०८१

एकै महिनामा विदेशिए ५३ हजार नेपाली
बिहीबार, कात्तिक १, २०८१
काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक
बुधबार, असोज ३०, २०८१
सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो।

जग्गा दानसँग कुनै सौदाबाजी छैन : एमाले
बुधबार, असोज ३०, २०८१
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवनका लागि एक व्यवसायीले गरेको जग्गा दानमा कुनै सौदाबाजी नरहेको स्पष्ट पारेको छ । सोही विषयलाई लिएर पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै एमालेले त्यसको भत्र्सना समेत गरेको छ ।

विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख राहत
बुधबार, असोज ३०, २०८१
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम बढाएको छ । मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो ।

प्रश्न नउठ्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
मंगलबार, असोज २९, २०८१
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रश्न उठ्ने गरी काम नगर्न निर्देशन दिएका छन् । संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको जानकारी दिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो
सोमबार, असोज २१, २०८१
काठमाडौँ । पछिल्लो बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । अहिलेसम्म १८ जना बेपत्ता रहेका र एक सय ७८ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

उपनिर्वाचनका लागि २५ दल दर्ता
आइतबार, असोज २०, २०८१
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । सरकारले संविधान बमोजिम मंसिर १६ गते आइतवार उपनिर्वाचनको मिति तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलहरु सोही प्रयोजनका लागि दर्ता भएका हुन् ।

इजरायल र लेबनानमा रहेका नेपालीलाई सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन
आइतबार, असोज २०, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्था बुझ्न निर्देशन दिएकी छन् । उनीहरुको अबस्था जानकारी लिएर (अपडेट) भइरहन उनले त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी हुन् ।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त
आइतबार, असोज २०, २०८१
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।