कक्षा १२ को परिक्षाफल सार्बजनिक, ५१ प्रतिशत उतिर्ण
मंगलबार, साउन ३०, २०८०

माओवादी मन्त्री हटाएर मन्त्रिपरिषद हेरफेरको तयारी
आइतबार, साउन २८, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । मन्त्रिपरिषद आजै हेरफेर हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

गौर घट्नाबारे सरकारले गरेको सहमति प्रति जसपाको आपत्ती
शुक्रबार, साउन २६, २०८०
काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ती जनाएको छ । उक्त सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको जसपाको ठहर छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस सांसदहरु भन्छन् : प्रतिशोध साँध्न सांसद शर्मालाई पक्राउ गरियो
शुक्रबार, साउन २६, २०८०
काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउप्रति सांसदहरुले आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका हुन् ।

कैदीबन्दीबीच कुटाकुट हुँदा संखुवासभामा दुई जनाको मृत्यु
बुधबार, साउन २४, २०८०
संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।

प्रधानाध्यापकको नियुक्तिको जिम्मा जिल्ला शिक्षालाई दिने तयारी
बुधबार, साउन २४, २०८०
काठमाडौं । सरकारले विद्यालयका प्रधानाध्यापक नियुक्तिको जिम्मा जिल्ला शिक्षा कार्यालयलाई दिने तयारी गरेको छ । संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । विद्येयकमा प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयले व्यवस्था गरेको छ ।

सर्वोच्चले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खोल्यो
आइतबार, साउन २१, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा तत्कालिन प्रधानमन्त्रीहरुलाई समेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ । सर्वोच्चले उक्त प्रकरणमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो ।

सीआईबीलाई सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा
आइतबार, साउन २१, २०८०
काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने भएको छ । अहिलेसम्मको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने तयारी छ । राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार हालसम्मकै निराशाजनक
मंगलबार, साउन ९, २०८०
काठमाण्डौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारको वृद्धिदरमा अहिलेसम्मकै निराशाजनक स्थिति देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा अन्तर्राष्ट्रिय व्यापार वृद्धिदरमा हालसम्मकै उच्च गिरावट आएको भन्सार विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अन्तर्राष्ट्रिय व्यापारमा १६.५८ प्रतिशतले कमी आएको छ।

वालसेना प्रयोग नगरेको प्रचण्डको स्पष्टिकरण
मंगलबार, साउन ९, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धमा बालसेनाको प्रयोग नगरेको स्पष्टिकरण दिएका छन् । सशस्त्र युद्धमा बालसेनाको प्रयोग भएको दाबी सहित सर्वोच्च अदालतमा पेश भएको एक रिट निवेदनमाथि प्रचण्डले यस्तो जवाफ दिएका हुन् । द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति प्रक्रियामा सबैजसो दस्तावेजमा बालसेनाको उल्लेख नभएको...

देशभरका झण्डै अढाई लाख पशुमा लम्पी स्किनको गम्भिर संक्रमण
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ । नेपालमा २ लाख ३७ हजार पशु लम्पी स्किन रोगको गम्भिर संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कुल १० लाख ५४ हजार ५५ पशुमा यो रोग देखा परेको छ । जसमध्ये ४८ हजार १३३ मरेका छन् । ७ लाख ६८ हजार ६४१ निको भएका मन्त्रालयको...

सर्वोच्चद्धारा बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट खारेज
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपर स्टोरका सञ्चालक व्यापारी मीनबहादुर गुरुङको र धर्मप्रसाद गौतमको रिट खारेज भएको हो ।