Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङको निधन
एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङको निधन काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । 
अमेरिका भ्रमण जाने टोलीको संख्या घटाउन निर्देशन
अमेरिका भ्रमण जाने टोलीको संख्या घटाउन निर्देशन काठमाण्डौं । नेपाल सरकारको तर्फबाट अमेरिका जाने भ्रमण टोलीको संख्या घट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका हुन् । 
अलैचीको भाउ बढ्यो, किसान उत्साहित 
अलैचीको भाउ बढ्यो, किसान उत्साहित  काठमाण्डौं । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्।
दोलखाका तीन जलविद्युत आयोजनाले पाए वन क्षेत्र प्रयोग गर्ने अनुमति 
दोलखाका तीन जलविद्युत आयोजनाले पाए वन क्षेत्र प्रयोग गर्ने अनुमति  काठमाण्डौं । सरकारले दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधिन जलविद्यूत आयोजनालाई सार्वजनिक वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । सरकारले गौरीशंकर गाउँपालिका वडा नम्बर ५, सुरी स्थित निर्माणाधिन साँगुखोला, माथिल्लो सुरीखोला र साँगुखोला–१, जलविद्यूत आयोजनालाई सरकारी वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
सुन प्रकरण : सिन्धुपाल्चोकमा एक व्यक्ति भारतबाट पक्राउ
सुन प्रकरण : सिन्धुपाल्चोकमा एक व्यक्ति भारतबाट पक्राउ काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका एक व्यक्तिलाई भारतमा पक्राउ गरेको छ । भारतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याईएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका किशोर बस्नेत रहेका छन् । उनको बिस्तृत ठेगाना खुलेको छैन ।
एमसीसीबारे समाजवादी मोर्चा भित्र बिवाद
एमसीसीबारे समाजवादी मोर्चा भित्र बिवाद काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयले नेपालमा पुन चर्चा पाएको छ । एमसीसी विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद देखिएको छ । 
वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो
वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । कांग्रेस सांसद उदय शमशेर राणाले अर्थतन्त्रबारे जिज्ञासा राखेका थिए ।
ललितता निवास प्रकरण : अदालतमा वयान जारी
ललितता निवास प्रकरण : अदालतमा वयान जारी काठमाडौ । ललितानिवास जग्गा प्रकरणबारे अदालतमा वयान जारी छ । सो प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा जारी रहनेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो।
९ वटा संसदीय समितिको नेतृत्व सर्बसम्मत
९ वटा संसदीय समितिको नेतृत्व सर्बसम्मत काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चयन भएका छन् । प्रतिनिधिसभाको १० वटा विषयगत समितिमध्ये ९ वटाको सभापति सर्वसम्मत हुने भएका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
क्रिकेटर सन्दीप बिरुद्धको मुद्धामा सर्वोच्चमा फेरी सुनुवाई 
क्रिकेटर सन्दीप बिरुद्धको मुद्धामा सर्वोच्चमा फेरी सुनुवाई  काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कार मुद्दामा फेरि सुनुवाइ हुँदैछ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित...
सद्भाव काम राख्न धरान प्रबेश र सुरक्षामा कडाई
सद्भाव काम राख्न धरान प्रबेश र सुरक्षामा कडाई काठमाण्डौं । धरान उपमहानगरपालिकामा धार्मिक सहिष्णुता बिग्रनसक्ने सम्भावनालाई मध्येनजर गर्दै कडाई गरिएको छ । त्यहाँ आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ ।
Weather Update