सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल
शनिबार, मंसिर १०, २०७९

समानुपातिक मतगणनामा एमाले पहिलो स्थानमा
बुधबार, मंसिर ७, २०७९
काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ अहिलेसम्मको मतगणनामा एमाले पहिलो दल बनेको छ । धेरै मत पाउनेमा नेकपा एमाले पहिलो स्थानमा देखिएको हो । निर्वाचन आयोगले अपडेट गरेको विवरण अनुसार एमालेले दुई लाख मत कटाईसकेको छ ।

निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने
शुक्रबार, मंसिर २, २०७९
काठमाडौं - निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका अनुसार सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने गरी मतगणनाको तयारी भैरहेको छ ।

निर्वाचनका लागि विशेष सुरक्षा योजना लागु गर्ने तयारी
बिहीबार, मंसिर १, २०७९
काठमाडौँ - मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा योजना तयार पारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको सहायतामा गृह मन्त्रालयले विशेष सुरक्षा योजना तयार पारेको हो । जसअन्तर्गत विभिन्न २० वटा सुरक्षा रणनीतिक कार्ययोजना बनाइएको छ ।

युक्रेनलाई क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव रुसद्धारा अस्वीकार
बुधबार, कात्तिक ३०, २०७९
काठमाण्डौं — युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रुसले अस्वीकार गरेको छ । राष्ट्रसंघीय महासभाले मंगलबार एक प्रस्ताव पारित गर्दै आफ्ना गलत कदमको परिणाम रुसले सामना गर्नुपर्ने र युद्धको क्षतिपूर्ति दिनुपर्ने जनाएको थियो । सांकेतिक रूपमा महत्त्वपूर्ण अर्थ राख्ने राष्ट्रसंघीय प्रस्ताव बाध्यकारी भने हुँदैन ।

बिहिवार मध्यरातबाट चुनावी प्रचारप्रसार गर्न निषेध
बुधबार, कात्तिक ३०, २०७९
काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलहरुलाई बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न भनेको छ । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । सोही अनुसार...

निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा
मंगलबार, कात्तिक २९, २०७९
काठमाडौँ - सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विश्वको जनसंख्या ८ अर्ब पुग्यो
मंगलबार, कात्तिक २९, २०७९
काठमाडौँ - विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो ।

दक्षिण कोरियाले १६ मुलुकको (एपिएस) सम्झौता एकैसाथ नवीकरण गर्दै
बिहीबार, कात्तिक १७, २०७९
काठमाण्डौं - दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने तयारी गरेको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्न लागिएको हो । जसका कारण नवीकरण केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

आयल निगम पाक्षिक १८ करोड नाफामा, ईन्धन मुल्य नघट्ने
बिहीबार, कात्तिक १७, २०७९
काठमाडौँ - नेपाल आयल निगम करौडौं नाफामा गएपनि सरकारले ईन्धनको मुल्य नघटाउने भएको छ । भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगम आगामी पाक्षिक अवधि (१५ दिन) मा १८ करोड नाफा रहनेछ । निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले दुई दिनअघि इन्धनको मूल्य बढाएर सूची पठाएको...

निर्वाचन सामग्री धमाधम ढुवानी
शनिबार, कात्तिक १२, २०७९
काठमाण्डौं - आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिक तर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ।
1667023066.jpeg)
कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र (पूर्णपाठ)
शनिबार, कात्तिक १२, २०७९
काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

चुनाव खर्चमाथि निगरानी गर्न अख्तियारलाई आयोगको पत्र
सोमबार, कात्तिक ७, २०७९
काठमाडौं - चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ भन्दै अख्तियारमा पत्राचार गर्ने निर्णय गरेको हो ।