मतदाताको अन्तिम नामावली सार्वजानिक, संख्या १ करोड ७७ लाख ३३ हजार ७२३
आइतबार, चैत १३, २०७८

बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आयोग तयार
बुधबार, पुस ७, २०७८
बनेपा - निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचत गर्न तयार रहेको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग रहेको जानकारी दिएका हुन् ।

ग्रीसमा भएको दुर्घट्नामा दोलखाका एक सहित चार जना नेपालीको मृत्यु
बुधबार, पुस ७, २०७८
काठमाण्डौं - मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीहरुको सनाखत भएको छ । उनीहरु गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेका हुन् ।

एक महिनाअघि ईराक पुगेका दोलखालीको बाढीले बगाएर मृत्यु
शनिबार, पुस ३, २०७८
काठमाडौँ - ईराकमा बाढीले बगाउँदा दुई जना नेपालीले ज्यान गुमाएका छन् । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको हो । उनीहरुको पुरा ठेगाना खुल्न सकेको छैन ।

कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि देउवा निर्वाचित
बुधबार, मंसिर २९, २०७८
काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गरे ।

नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टी
सोमबार, मंसिर २०, २०७८
काठमाडौँ - नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका हुन् । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आयोगले भन्यो : दलका सदस्य बनेका शिक्षक/कर्मचारीलाई हटाउनु
मंगलबार, मंसिर ७, २०७८
काठमाडौँ - निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ । आयोगले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्यको जिम्मेवारी लिईरहेको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दलको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन समेत मातहतका निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।

स्थानीय तहमा मतदाता नामावली संकलन हुँदै
सोमबार, मंसिर ६, २०७८
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहमा पनि मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट मतदाता नामावली सङ्कलन सुरु गर्ने आयोगले जनाएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भैरहेको थियो ।

आयोगले थाल्यो निर्वाचनको तयारी, मंसिरदेखि गाउँगाउँमा मतदाता नामावली संकलन
सोमबार, कात्तिक २२, २०७८
काठमाडौँ - निर्वाचन आयोगले मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने भएको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन गर्ने तयारी थालेको हो ।

सार्वजानिक यातायातमा यात्रुहरुमाथि चरम ठगी, सरकार मुकदर्शक
बुधबार, कात्तिक ३, २०७८
काठमाण्डौं - यातायात व्यवसायीले यात्रुहरुबाट मनपरी भाडा असुल गरिरहेपनि सरकार मुकदर्शक बनेको छ । यातायात व्यवसायीको माग अनुसार सरकारले भाडावृद्धि गरेपनि व्यवसायीहरुले मनोमानी ढंगले भाडा असुल गरिरहेका छन् । सर्बसाधरणमाथि चरम ठगी भैरहेपनि सम्बन्धित निकायले नियन्त्रणतर्फक चासो दिएको छैन । उपत्यकासहित बागमती प्रदेशको अन्तरजिल्ला यातायातमा तोकिएको भन्दा झण्डै दोब्बरसम्म भाडा...

बाढी, पहिरो र डुबानमा परी ७७ जनाको मृत्यु, २७ जना वेपत्ता
बुधबार, कात्तिक ३, २०७८
काठमाडौँ - गृह मन्त्रालयले विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएको जनाएको छ । मन्त्रालयका अनुसार आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म २७ जना बेपत्ता छन् ।

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत
बुधबार, कात्तिक ३, २०७८
काठमाण्डौं - सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय बुधवार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...

कोरोना संक्रमणको तथ्यांक घट्दो, जोखिम कायमै
सोमबार, भदौ २८, २०७८
काठमाडौँ - नेपालमा कोरोना संक्रमण दर घट्दै गएपछि जोखिम कायमै रहेको विज्ञहरुले बताएका छन् । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणको दर घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजानिक गरेको तथ्यांक अनुसार परीक्षण संख्याको अनुपातमा पोजिटिभ रेट (पीपीआर) ८.९ प्रतिशत रहेको छ । आइतबार सो संख्या ८.२७ प्रतिशत...