Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा काठमाडौँ - नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै टुंग्याउन सकेको छैन । छानविन समितिले विवाद समाधान गर्न नसकेपछि शिर्ष नेताहरुलाई त्यसको जिम्मा दिईएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले पाँच दिनभित्र विवाद टुंग्याउन निर्देशन दिएको छ ।
बिवादित एमसीसीको ५ अर्ब ३४ करोड खर्च, अनुमोदन अझै अन्यौलमा
बिवादित एमसीसीको ५ अर्ब ३४ करोड खर्च, अनुमोदन अझै अन्यौलमा काठमाण्डौं - नेपालमा ठुलो बिवादको विषय बनेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को ५ अर्ब ३४ करोड रुपैयाँ खर्च भइसकेको पाईएको छ । उक्त परियोजना नेपालको प्रतिनिधिसभाबाट अनुमोदन नहुँदै उक्त खर्च भएको हो । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल) का अनुसार गत असार १६ गतेसम्म सो रकम खर्च भएको छ...
कोरोनाको अर्को खतरनाक भेरिएन्ट, विश्वभर फैलिने चिन्ता
कोरोनाको अर्को खतरनाक भेरिएन्ट, विश्वभर फैलिने चिन्ता काठमाण्डौं - कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ फेला परेको छ । वैज्ञानिकहरुका अनुसार पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको हो । यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ । 
कार्यतालिका छोट्याएर महाधिवेशन गर्ने कांग्रेसको तयारी
कार्यतालिका छोट्याएर महाधिवेशन गर्ने कांग्रेसको तयारी काठमाण्डौं - सत्तारुढ नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशन चुनावी प्रक्रिया घटाएर सम्पन्न गर्ने तयारी गरेको छ । नेताहरुका अनुसार पार्टीका तल्लो तहका केही समितिहरुको अधिवेशन थाँती राखेर महाधिवेशन गर्ने तयारी गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा पाए विस्वासको मत
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा पाए विस्वासको मत काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनस्र्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । विस्वासको पक्षमा १६५ मत परेको छ ।
४ करोड ऋण दिएर ८ करोड असुली, दोलखा पवटीका पुरुष पक्राउ
४ करोड ऋण दिएर ८ करोड असुली, दोलखा पवटीका पुरुष पक्राउ काठमाडौँ - ऋणीबाट दोब्बर व्याज असुली गर्ने दोलखा मेलुङ गाउँपालिका–१ पवटीका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलुङ–१, पवटी घर भई हाल काठमाण्डौंको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती रहेका छन् ।
राष्ट्रपति भण्डारी बिरुद्ध महाअभियोग कठिन
राष्ट्रपति भण्डारी बिरुद्ध महाअभियोग कठिन काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध तत्काल महाअभियोग कठिन देखिएको छ । राष्ट्रपतिको भुमिकालाई लिएर राजनीतिक वृत्तमा महाअभियोगको चर्चा छ । तर संसद्को अंकगणित, संविधान र प्रतिनिधि सभा नियमावलीमा भएका व्यवस्था हेर्दा राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग पारित हुनसक्ने अवस्था नदेखिएको हो ।
एमाले एकता रोक्न भीम रावललाई धम्की !
एमाले एकता रोक्न भीम रावललाई धम्की ! काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्की आएको बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै नेता रावलले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् ।
अदालतको आदेशसँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त
अदालतको आदेशसँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं संसदिय दलका नेता शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् ।
एमाले कार्यदलले बरिष्ठ नेता नेपाललाई बुझायो १० बुँदे सहमतिको प्रस्ताव
एमाले कार्यदलले बरिष्ठ नेता नेपाललाई बुझायो १० बुँदे सहमतिको प्रस्ताव काठमाडौं - नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति बरिष्ठ नेता माधव कुमार नेपाललाई बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई कोटेश्वर पुगेर उक्त सहमतिपत्र बुझाएका हुन् ।
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप काठमाडौँ - अमेरिकी सरकारले नेपालका लागि १५ लाख डोज खोप उपलव्ध गराउने भएको छ । उक्त खोप सोमबार नेपाल आईपुग्ने छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।
नेता पोखरेलको दाबी : एमाले बिवाद टुंगिन्छ,
नेता पोखरेलको दाबी : एमाले बिवाद टुंगिन्छ, काठमाडौं - नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता टुंगोमा पुर्याउने बताएका छन् । नेता पोखरेलले आजभोलि नै बिवाद टुंग्याउने गरी छलफल भैरहेको दाबी गरे ।
Weather Update