संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश
मंगलबार, भदौ ७, २०७९
आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइदैं
शुक्रबार, भदौ ३, २०७९
वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुने
बुधबार, साउन २५, २०७९
काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि आह्वान गरेको छ । भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) को कार्यक्रम सञ्चालन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
युक्रेन युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम
मंगलबार, साउन २४, २०७९
काठमाडौँ - युद्ध र प्रतिकुल मौसमका कारण नेपालमा पनि खाद्य संकट निम्तिने जोखिम बढेको छ । रूस–युक्रेन तनावले आपूर्ति शृंखला खुम्चिँदै गएका बेला उत्पादनमा पनि गिरावट आएपछि खाद्यान्न संकट निम्तिने चिन्ता बढेको हो । मनसुन समयमै सक्रिय भए पनि साउन दोस्रो सातासम्म ८६.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
आगामी निर्वाचनसम्मै प्रतिनिधिसभा राख्ने सरकारको गृहकार्य
मंगलबार, साउन १७, २०७९
काठमाडौँ - सरकारले आगामी निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिनसम्म प्रतिनिधिसभालाई निरन्तरता दिने भएको छ । त्यसका लागि सरकार गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगले मिति सिफारिस गरेको एक महिना पुग्न लाग्दा पनि सरकारले चुनाव घोषणा गरेको छैन । स्रोतका अनुसार प्रचलित अभ्यासविपरीत चुनावको मिति घोषणापछि प्रतिनिधिसभा सदस्यको कार्यकाल लम्ब्याउन प्रधानमन्त्री...
दोलखा घर भएका नेकपा नेताहरु बिरुद्धपनि पक्राउ पुर्जी जारी
सोमबार, साउन १६, २०७९
काठमाडौं - ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएका नेताहरुमा दोलखाका मईदेवी...
खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
आइतबार, साउन १५, २०७९
काठमाडौं - खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आइतबार बिहान ८ ः १३ बजे भूकम्प गएको हो । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
कोरोना संक्रमणबाट खोप नलगाएकाहरुको धमाधम मृत्यु
बुधबार, साउन ११, २०७९
काठमाडौँ - नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएका सात जनाले खोप नलगाएको पाईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीका अनुसार सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप लगाएका थिएनन् ।
पुँजीगत खर्च ५७.२३ प्रतिशतमै सिमित, लक्ष्यभन्दा १६२ अर्ब कम
आइतबार, साउन १, २०७९
काठमाडौं - हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छ ।
बजारमा मुल्य बृद्धिदरको नयाँ रेकर्ड, महंगी ६ वर्षयताकै उच्च विन्दुमा
मंगलबार, असार २८, २०७९
काठमाण्डौं - बजारमा महँगी बृद्धिदरले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठमा मूल्य वृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्य वृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक...
चारदिने भ्रमणको लागि सीपीसीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा
आइतबार, असार २६, २०७९
काठमाडौँ - नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आईतवार काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणमा आएका छन् । लिउले आइतबार परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर...
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’ भएको आरोप
आइतबार, असार २६, २०७९
काठमाडौँ - कक्षा १२ को उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय सञ्चालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ । स्रोतका अनुसार निर्देशिकाविपरीत भाषाविज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतोअनुसार परीक्षा केन्द्रमा खटाइएको छ ।
नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने
बुधबार, असार १५, २०७९
काठमाडौं - सरकारले नदी प्रवाह आधारित जलविद्युत आयोजना (आरओआर) को विद्युत् खरिद समझौता (पीपीए) को सीमा (कोटा) बढाउने निर्णय गरेको छ । मन्त्रिरिषदको मंगलबार बसेको बैठकले १५ हजार मेगावाटका लागि तोकिएको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो ।



