सहकारीले १४.७५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने
सोमबार, असोज ५, २०७७
दोलखाकी थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
सोमबार, असोज ५, २०७७
चरिकोट - दोलखाकी थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षिया महिला रहेपनि विस्तृत विवरण खुलाईएको छैन ।
दोलखाका अग्रज पत्रकार मास्केलाई प्रबल जनसेवा श्री चतुर्थ विभुषण
शनिबार, असोज ३, २०७७
चरिकोट — दोलखाका अग्रज पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्के प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर उनलाई सरकारले उक्त विभुषणद्धार विभुषित गर्न लागेको हो ।
करिव ३ सय बाढीपहिरो पीडित परिवारलाई खाद्यन्नसहितको राहात सामाग्री बितरण
शुक्रबार, असोज २, २०७७
चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ स्थित बाढीपहिरो पीडितहरुलाई बिहिवार खाद्यन्न सहितको राहात वितरण गरिएको छ । रानीवन पहिरोबाट विस्थापित २६ परिवार सहित जोखिममा परेका र बारी क्षेति भएका करिव ३ सय पीडित परिवारहरुलाई राहात वितरण गरिएको हो ।
देशभर सार्वजानिक यातायात संचालनमा
बिहीबार, असोज १, २०७७
काठमाडौँ — लामो दूरीको सार्वजनिक यातायात सेवा ६ महिनापछि (बिहिवार) देखि संचालनमा आएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्यानेच्युडको भुकम्प
बुधबार, भदौ ३१, २०७७
काठमाण्डौं - नेपालमा बुधबार विहान ठुलो भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
नेकपाभित्रको बिवाद टुंगियो, चैत्र २५ देखि ३० गतेसम्म महाधिवेशन
शुक्रबार, भदौ २६, २०७७
काठमाडौँ — नेकपा स्थायी समितिकको बैठक अध्यक्षद्धयको प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गरेको छ । बैठकले पार्टीको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको...
मन्त्री गुरुङको ८ महिना : नीतिगत सुधारदेखि बेथिति अन्त्यको प्रयास (अन्तर्वार्ता)
शुक्रबार, भदौ २६, २०७७
महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्रालयको कार्यभार सम्हालेको १ वर्ष वित्न केही महिना बाँकी छ । यसबीचमा उनले सामाजिक रुपान्तरणको मुद्धालाई राष्ट्रिय गौरवको मुद्धाका रुपमा स्थापित गर्ने अभियानसँगै महिला, वालवालिका र जेष्ठ नागरिकको क्षेत्रमा नीतिगत सुधारको ठोस थालनी गरेका छन् । मन्त्री गुरुङले सामाजिक क्षेत्रमा क्रियाशिल ठुला...
चीन र भारतबीच दुईदेशीय सिमा क्षेत्रको तनाव कम गर्ने समझदारी
शुक्रबार, भदौ २६, २०७७
एजेन्सी - चीन र भारतबीच सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी तनाव कम गर्ने समझदारी बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा पाँच बुँदे सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको विस्वास : पार्टी दुई अध्यक्षको समझदारीमा फर्केको छ
शुक्रबार, भदौ २६, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूूर्य थापाले नेकपा स्थायी समितिको बैठकबाट पार्टी कचिंगलमुक्त हुने विस्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्र बढेको बिवाद र अन्तरसंघर्ष दुई अध्यक्षको समझदारीमा फर्केको उल्लेख गरेका छन् ।
काठमाण्डौंमा बिहिवारदेखि व्यापार व्यवसाय र यातायातमा निषेधाज्ञा हटाईदै
बुधबार, भदौ २४, २०७७
काठमाडौँ — काठमाण्डौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा यातायात र व्यापाररव्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ ।
स्थानीय सरकारका जनप्रतिनिधि किन असुरक्षित ?
बुधबार, भदौ २४, २०७७
चरिकोट — कार्यकक्षमा ज्ञापनपत्र बुझ्ने क्रममा गत बिहिवार मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठमाथि दुव्र्यबहार हुनुका साथै सांघातिक आक्रमणको प्रयास समेत भयो । खानेपानी योजनाको विषयमा ज्ञापनपत्र बुझेपछि सबैसँग छलफल गरेर एउटा निष्कर्ष पुर्याउने आसवासन दिँदादिदै एउटा समुहले उक्त घट्ना घटायो ।
दोलखा गौरीशंकरका बृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
सोमबार, भदौ २२, २०७७
चरिकोट – दोलखा गौरीशंकर गाउँपालिकाका एक बृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षिय वृद्धमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।



