थप ९७९ जनामा कोरोना संक्रमण, ३ सयको मृत्यु
सोमबार, भदौ २२, २०७७
नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु
आइतबार, भदौ २१, २०७७
काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ को मृत्युभएसँगै मृतकको संख्या २ सय ८९ पुगेको हो ।
स्वास्थ्यमन्त्रीको परिवारमा देखियो कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा
आइतबार, भदौ २१, २०७७
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।
लामो दुरीका यातायात र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक
सोमबार, भदौ १५, २०७७
काठमाडौँ — लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचल्ने भएको छ । सरकारले कोरोना संक्रमण फैलिने क्रम जारी रहेको भन्दै लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म संचालन नगर्ने निर्णय गरेको हो ।
कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखियो
शनिबार, भदौ १३, २०७७
काठमाडौं - कोटेश्वर ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सुरुमा प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षण गरिएकोमा दुबै जनामा संक्रमण पुष्टि भएको थियो ।
मेलुङ गाउँपालिकामा विशेषज्ञसहितको टोली खटाएर रेबिज नियन्त्रणको प्रयास
शनिबार, भदौ १३, २०७७
चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाले विशेषज्ञ सहितको टोली परिचालन गरी रेबिज नियन्त्रण अभियान थालेको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत महामारी रोग नियन्त्रण महाशाखा टेकुबाट झिकाईएका विशेषज्ञसहितको टोलीले रेबिज नियन्त्रण कार्य सुरु गरेको हो । उक्त टोलीले शुक्रवार एकैदिन ५१ जनालाई एन्टी रेविज भ्याक्सिन लगाएको छ ।
अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
शुक्रबार, भदौ १२, २०७७
काठमाडौँ — उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका चौधरी सांसदसमेत हुन् । उनले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
स्वास्थ्यमा खराबी देखिएपछि जापानका प्रधानमन्त्रीको राजीनामा
शुक्रबार, भदौ १२, २०७७
टोक्यो — स्वास्थ्यका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री आबेले राजीनामा दिन लागेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराई बिवादमा तानिए
बुधबार, भदौ १०, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई बिवादमा तानिएका छन् । उनले चिनियाँ राजदूतावासबाट तीन वर्ष अघि लिएको १५ लाख रुपैयाँ बिवादित बनेको हो । नेपाल भारत सम्बन्धको बारेमा रिसर्च गर्ने भन्दै लिईएको उक्त रकम भट्टराईले नबिल बैंकमार्फत् बुझेको हस्ताक्षरसहित विवरणसमेत ग्लोबल वाच एनालिसिसले सार्वजनिक...
यस्तो छ, नेकपाको कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदन (हेर्नुस् पुर्णपाठ)
सोमबार, भदौ ८, २०७७
काठमाडौँ — पार्टी विवाद समाधानका लागि नेकपाले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजानिक भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन सार्वजानिक भएको हो ।
कोरोना संक्रमित एक कर्मचारीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ
सोमबार, भदौ ८, २०७७
चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित एक गैर सरकारी संस्थामा कार्यरत संक्रमित युवतीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ घर भएकी युवतीको सम्पर्कमा पुगेका परिवारका सदस्य लगायतको रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालमा कोरोना बिरुद्धको तीन खोप परीक्षण गर्ने तयारी
आइतबार, भदौ ७, २०७७
काठमाण्डौं - विश्वका तीन प्रतिष्ठित खोप उत्पादक कम्पनीले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको खोप नेपालमा परीक्षण गर्ने प्रक्रिया अघि बढाईएको छ । नेपालमा तेस्रो चरणको खोप परीक्षणको तयारी गरिएको हो ।



