Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय काठमाडौँ — यस वर्ष एसईइको नियमित परीक्षा नहुने निश्चित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । परीक्षा नहुने भएपछि कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
संविधान संशोधन विद्येयकमा जुट्यो सबै दलको सहमति
संविधान संशोधन विद्येयकमा जुट्यो सबै दलको सहमति काठमाडौं । भारतद्धारा अतिक्रमित भूमि समेत समेटिएको निशान छाप परिवर्तन गर्ने सम्बन्धी संविधान संशोधन प्रस्तावमा सबै दलको सहमति जुट्ने देखिएको छ । जनता समाजवादी पार्टी समेत उक्त प्रस्तावको पक्षमा उभिएपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सहमति जुट्ने देखिएको हो । संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता...
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई लगायतका परीक्षा कहिले संचालन गर्ने भन्नेबारे टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । मन्त्री पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटीबारे सरकारले निर्णय गरेलगत्तै परीक्षाबारे टुंगो लाग्ने बताए ।
अर्थमन्त्री खतिवडाले भने : एमसीसी सम्झौता तोड्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन्छ,
अर्थमन्त्री खतिवडाले भने : एमसीसी सम्झौता तोड्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन्छ, काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्दा अमेरिकासँगको सम्बन्ध विग्रने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौताबारे विवाद र बहस भैरहेका बेला अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालले तोड्न नहुनेमा जोड दिएका हुन् । सम्झौता तोड्दा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने उनको दाबी छ ।
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट काठमाडौँ — सरकारले गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पुँजी अभावका कारण काममा समस्या हुन नदिन सरकारले माथिल्लो तामाकोसी आयोजनालाई बजेट छुट्याएको हो । सरकारले आगामी आवका लागि उक्त आयोजनालाई १ अर्ब बजेट छुट्याएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ०७५/०७६ मा ५० करोड...
संसदमा मन्त्री गुरुङको सम्बोधन : सामाजिक रुपान्तरणलाई राष्ट्रिय गौरब र समृद्धिसँग जोड्नुपर्छ,
संसदमा मन्त्री गुरुङको सम्बोधन : सामाजिक रुपान्तरणलाई राष्ट्रिय गौरब र समृद्धिसँग जोड्नुपर्छ, काठमाण्डौं - महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाहरुलाई अब आर्थिक सशक्तिकरण तर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । अहिलेसम्म महिलाहरुलाई आफ्नो अधिकारका लागि बोल्नसक्ने बनाईएको भन्दै अब गरिखानसक्ने बनाउनुपर्ने उनले बताए । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको...
Weather Update