दोलखाको बैतेश्वर गाउँपालिकामा करेन्ट लागेर महिलाको मृत्यु
                        
                        
                                                
                                            
                                                                    चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षिया सिता गिरी रहेकी छन् ।
राइस मिलमा पिठो पिस्न गएकी उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । पिठो लिन मिल पुगेकी उनलाई एक्कासी करेन्ट लागेको र घट्नास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
उनी आईतवार दिउँसो पिठो पिस्न मिल पुगेकी थिईन् । उनलाई कसरी करेन्ट लाग्यो भन्ने बारे खुल्न नसकेको स्थानीयको भनाई छ । सिताको शव जलको अवस्थामा फेला परेको छ । 
 
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:०२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


                                                
                    
                    
                    
                    

