Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो । परीक्षा बुधबार २४ गतेसम्म चल्ने छ ।

हेर्नुहोस्  कक्षा १२ को परीक्षा तालिका  

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update