Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सार्बजनिक यातायात संचालन, दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्दै

काठमाडौं । नयाँ सरकार गठनसँगै सार्बजनिक सवारीका साधन संचालनमा आएका छन् । जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी गरेको निषेधाज्ञा र कर्फ्यु हटाएसँगै सडकमा सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ ।

सोमबारदेखि बन्द रहेका सार्वजनिक सवारी आइतबारबाट सञ्चालनमा आएका छन् । लामो दुरीका सार्बजनिक यातायात पनि संचालनमा आउन थालेका छन् । 

यसैबीच दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल हुँदैछ । 

सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न बोलाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । 
सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् ।
जेनजी प्रदर्शनका कारण उपत्यकासहित देशभरको यातायात  सेवा बन्द भएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update