जेनजी आन्दोलनका मृतकलाई शहिद घोषणा र दश लाख राहत दिने निर्णय
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । मृतकको प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि सरकारले गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ १२:३६
प्रतिक्रिया दिनुहोस्