मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट
बुधबार, फागुन ७, २०८१

दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशिय सडक संजाल जोडिँदै
सोमबार, फागुन ५, २०८१
चरिकोट । दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशिय सडक संजाल जोडिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक संजाल जोड्ने प्रक्रिया अघि बढाएको हो । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि छिट्टै टेन्टर आव्हान गर्ने तयारी छ ।

कादुरीको सहयोगमा दुर्गम थामी बस्तीको घरघरमा खानेपानीको धारा
मंगलबार, माघ १५, २०८१
मन्थली । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको दुर्गम थामी बस्तीमा खानेपानीको पहुँच पुगेको छ । हङ्कङको कादुरी एग्रिकल्चर एड् एसोसिएसन ब्रिटिस गार्खाज नेपाल पोखराले एक घर एक धारा निर्माण गरिदिएपछि थामी बस्तीमा खानेपानीको पहुँच पुगेको हो ।

बिपी राजमार्गमा जापानले देखायो चासो
बिहीबार, कात्तिक ८, २०८१
गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ। यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।

खुर्कोटमा एक सातामै बेलिब्रिज
सोमबार, असोज २१, २०८१
खुर्कोट । सिन्धुलीको खुर्कोट स्थित सुनकोशी नदीको बेलिब्रिज एक सातामै तयार हुने भएको छ । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा बेलिब्रिज हाल्ने काम सेनाले सुरु गरिसकेको छ । रामेछापतर्फको ५१ मिटर बगेको ठाउँमा बेलिब्रिज हाल्ने काम सुरु भएको र एक सातामै काम सम्पन्न हुने सेनाले जनाएको छ ।

ह्युमपाइपले जोडियो तातोपानी नाका
सोमबार, असोज २१, २०८१
सिन्धुपाल्चोक । गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।

असोज ३ देखि संचालनमा आउँदै धरहरा
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा संचालनमा आउने भएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन गर्न निर्णय गरेको हो ।

बजेट अभावले ‘महभिर झरना’को भौतिक पूर्वाधार तयार भएन
मंगलबार, भदौ १८, २०८१
ढोरपाटन । चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको बीच भागमा छ महभिर झरना । झरना वरपर ठूलाठूला भिर छन् । उक्त भिरलाई महभिरका रुपमा चिनिन्छ । महभिरकै नामले झरना परिचित छ ।

अबरुद्ध सकड सुचारु नहुँदा गौरीशंकरका स्थानीय मारमा
सोमबार, भदौ ८, २०७७
गौरीशंकर – गत श्रावण २२ गते भारी बर्षासँगै आएको बाढीका कारण अवरुद्ध सडक सुचारु नहुँदा सर्वसाधरण मारमा परेका छन् । अवरुद्ध सडक सुचारु नहुँदा विरामी, गर्भवती तथा सुत्केरी महिला, अशक्त, बृद्धबृद्धा बढी समस्यामा परेका हुन् ।

सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान
बिहीबार, वैशाख २५, २०७७
उक्त सडक स्तरोन्नतीका लागि वाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले आज वोलपत्र समेत आव्हान गरेको छ । सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष ९२ करोड रुपैयाँ छुट्याएको छ । वोलपत्र आव्हानसँगै सडक स्तरोन्नती हुने निश्चित भएको छ ।