आयोगले मावि तहमा ४३५ शिक्षकका लागि विज्ञापन गर्दै
शनिबार, पुस ७, २०८०

दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात सुरु
बुधबार, मंसिर २७, २०८०
चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको स्थानीय होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।

पर्यटकको स्वागतमा तल्लीन खरिढुंगा (फोटोफिचर)
शनिबार, मंसिर १६, २०८०
खरिढुंगा । काठमाडौंबाट काभ्रे र सिन्धुपाल्चोक हुँदै दोलखा प्रबेश गरे लगत्तै पर्यटकहरु रमाउने स्थान हो खरिढुंगा । दोलखाको बिभिन्न प्रसिद्ध पर्यटकीय गन्तव्यहरु भ्रमणका लागि आउने पर्यटकहरुलाई खरिढुंगाले स्वागत गरिरहेको हुन्छ । काठमाडौंबाट लगभग १०९ किलोमिटरको दुरीमा रहेको खरिढुंगा आफैपनि पर्यटकीय स्थल हो ।

थामीचागुका ३२१ जना विद्यार्थीहरुलाई झोला बितरण
शनिबार, असोज २७, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । थामीचागु स्थित विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच शनिवार उक्त विद्यालयमा अध्ययनरत ३२१ जना विद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था एसएस फाउण्डेसनका तर्फबाट जिल्ला अध्यक्ष नवराज खड्काले विद्यार्थीहरुलाई...

राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
काठमाडौँ । आन्दोलनरत राहत तथा वालविकास शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग पाँच बुँदे सहमति पछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।

शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क एड्भेञ्चर २०२३ सुरू
बिहीबार, असोज ११, २०८०
काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'स्पार्क एड्भेञ्चर २०२३' आयोजना गरेको हो ।

सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
काठमाडौं । शिक्षा विद्येयकको बिरोधमा उत्रिएका शिक्षकहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग सहमति भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका हुन् । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शिक्षकहरुको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प
बिहीबार, असोज ४, २०८०
काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले दोस्रो दिन पनि सडक आन्दोलन जारी राखेका छन् । काठमाडौं केन्द्रीत आन्दोलनका कारण देशभरिका सामुदायिक विद्यालय बन्द छ ।

शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
बुधबार, असोज ३, २०८०
काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको बिरोधमा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । विद्येयकका केही प्रावधानमा शिक्षक संघ संगठनहरुको आपत्ती छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् ।

शिक्षक हुन स्नातक र स्नातकोत्तर अनिबार्य
बुधबार, भदौ २७, २०८०
काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रावधान ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए जागिर चट
बुधबार, भदौ २७, २०८०
काठमाडौं । सार्वजनिक विद्यालयका शिक्षकले बहाल रहेर अन्य देशको आवासीय अनुमतिका लागि निवेदन दिन नपाउने भएका छन् । शिक्षकले त्यसरी अनुमति मागेको प्रमाणित भएमा ऊ कारबाहीको भागिदार हुने व्यवस्था नयाँ शिक्षा ऐनमा गरिएको छ ।

अलैचीको भाउ बढ्यो, किसान उत्साहित
आइतबार, भदौ २४, २०८०
काठमाण्डौं । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन सकिने
मंगलबार, भदौ १२, २०८०
काठमाडौं । विद्यार्थीहरुले अब शैक्षिक प्रमाणपत्र सच्याउने अबसर पाउने भएका छन् । मन्त्री परिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रमाणपत्रको ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो ।