Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईईको ग्रेडबृद्धि परीक्षा साउन २६ र २७ गते
एसईईको ग्रेडबृद्धि परीक्षा साउन २६ र २७ गते काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई
वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई हेटौंडा । बागमती प्रदेशमा यस वर्ष रोपाईमा ढिलाई भएको छ । हालसम्मको तथ्यांक अनुसार यो प्रदेशमा २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाका अनुसार यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र भएको हो ।
यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा 
यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा  चरिकोट । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा संचालन गरेको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा दोलखाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या न्युन देखिएको छ । २०७९ सालको एसईई परीक्षामा दोलखाका ६० जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
एसईई प्रमाणपत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय
एसईई प्रमाणपत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन सक्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रमाणपत्र सच्याउन परेमा अबको ६ महिनाभित्र निवेदन दिन सकिने छ ।  ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला...
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । 
भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता
भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता दोलखा जिल्ला भीमेश्वर नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्ट्रिकोणले मात्रै होईन व्यवसायिक कृषि उत्पादनको दृष्टिले पनि अत्यन्तै सम्भावनायुक्त नगर हो । विशेषगरी यस नगरपालिकामा कृषिवाली मध्येपनि किवी, तरकारी र आलु उत्पादनको प्रचुर सम्भावना छ । 
दोलखाको विगु गाउँपालिका स्थित शारदा माविका विद्यार्थी आन्दोलित
दोलखाको विगु गाउँपालिका स्थित शारदा माविका विद्यार्थी आन्दोलित चरिकोट । दोलखाको विगु गाउँपालिका–३ शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सोमबार कक्षा बहिस्कार गर्दै नाराबाजीसहित विद्यालयमा विरोध प्रर्दशन गरेका थिए । 
जेठ १८ र १९ मा सोक्ला रक क्लाईम्विङ महोत्सव
जेठ १८ र १९ मा सोक्ला रक क्लाईम्विङ महोत्सव चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा सोक्ला रक क्लाईम्विङ महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिकाको आयोजनामा जेठ १८ र १९ गते दुई दिन महोत्सव हुन लागेको हो । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको सोक्ला गाउँमा रक क्लाईम्विङ गरेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ...
‘ननग्रेडिङ’ विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था
‘ननग्रेडिङ’ विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडिङ (एनजी) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए पुनः अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्था थियो । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेर ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र तीन वर्षसम्म वार्षिक...
कालिञ्चोकमा मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीय बिरोधमा उत्रिए
कालिञ्चोकमा मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीय बिरोधमा उत्रिए चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरुको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा बिरोध सुरु भएको छ । गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरुको कक्षा समेत कटौती गरिदिएपछि बिरोध सुरु भएको हो । गाउँपालिकाले हालै एक दर्जन बढी विद्यालयहरुको कक्षा कटौती गर्ने निर्णय गरेको थियो । 
Weather Update