Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी
नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।
कोरोना संक्रमण बढ्दै, खोप लगाउन मन्त्रालयको आग्रह
कोरोना संक्रमण बढ्दै, खोप लगाउन मन्त्रालयको आग्रह काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
एसईई परीक्षा सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी
एसईई परीक्षा सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि सुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्‍याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले...
गौरीशंकर क्याम्पसले मनायो ४२ औं वार्षिक उत्सव, नयाँ संचालक समिति चयन
गौरीशंकर क्याम्पसले मनायो ४२ औं वार्षिक उत्सव, नयाँ संचालक समिति चयन चरिकोट । दोलखाको जेठो गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो ४२ औं वार्षिक उत्सव मनाएको छ । सदरमुकाम चरिकोट स्थित क्याम्पसमा एक समारोहको आयोजना गरी क्याम्पस वार्षिक उत्सव मनाएको हो । २०३८ सालमा स्थापना गरिएको क्याम्पस बुधवारदेखि ४२ औं वर्षमा प्रबेश गरेको छ ।
एसईईको परीक्षा तयारी पुरा, शुक्रबारदेखि सुरु हुँदै
एसईईको परीक्षा तयारी पुरा, शुक्रबारदेखि सुरु हुँदै काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् ।
सरकारले रासायनिक मलको अनुदान घटायो, बढ्ने भयो मुल्य
सरकारले रासायनिक मलको अनुदान घटायो, बढ्ने भयो मुल्य काठमाडौँ । किसानले किन्ने रासायनिक मलको भाउ बढ्ने भएको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएपछि मुल्य बढ्ने भएको हो । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेको भन्दै सरकारले समग्र अनुदान ११.८ प्रतिशतले अनुदान घटाएको छ । 
कृषकहरुलाई कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध
कृषकहरुलाई कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध रामेछाप र दोलखा जिल्लाका विभिन्न क्षेत्रमा आँपका बोटहरुको फेद लगायत हाँगाहरुबाट गम जन्य पदार्थ निस्कने, एक दुई हाँगा सुक्न सुरु भई बोट नै सुकेर मर्ने लगायतका लक्षणहरु देखा परेको हुँदा समस्याग्रस्त रोगी बोटहरुमा मूल काण्डमा साथै काँटछाँट गरिएको भागमा बोर्डो पेष्ट दल्ने कार्य गर्नुहुन अनुरोध छ।
दोलखाको पशुपति स्मृति अस्पतालसहित ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
दोलखाको पशुपति स्मृति अस्पतालसहित ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण हेटौंडा । दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालसहित बागमती प्रदेशका ७ वटा प्रादेशिक अस्पतालहरुले एम्वुलेन्स पाएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने
स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने काठमाडौं । २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् । 
वाग्मती प्रदेश सरकारले कृषकलाई निर्ब्याजी ऋण दिँदै
वाग्मती प्रदेश सरकारले कृषकलाई निर्ब्याजी ऋण दिँदै हेटौंडा । वाग्मती प्रदेश सरकारले कृषकहरुलाई निर्ब्याजी ऋण दिने कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि, पशुपालन, मत्स्यपालन व्यबसाय प्रबद्र्धन गर्ने उदेश्यले बिउपूँजी कोष परिचालन कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रम कार्यान्वयनका लागि लागि मन्त्रालयले कार्यबिधि जारी गरिसकेको छ ।
एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने
एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ ।
Weather Update