Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशीको बिजुली खरिद राकेको विषयमा भारतको ध्यानाकर्षण गराईदै
माथिल्लो तामाकोशीको बिजुली खरिद राकेको विषयमा भारतको ध्यानाकर्षण गराईदै काठमाडौं । राष्टिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली खरिद रोकिएकोबारे सरकारले भारतको ध्यानाकर्षण गराउने भएको छ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली भारतको प्रतिस्पर्धात्मक बजारमा निर्यात गर्ने प्रस्ताव भारतले स्वीकृत नगरेपछि अलपत्र छ ।
फ्रान्स पठाईदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका एक पुरुष पक्राउ
फ्रान्स पठाईदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका एक पुरुष पक्राउ काठमाण्डौं । फ्रान्स पठाईदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दोलखाका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ५० वर्षिय सुरेश कुमार पाख्रिन रहेका छन् ।
चर्णावती त्रिवेणीधाम महायज्ञमा जुट्यो १ करोड ५ लाख सहयोग
चर्णावती त्रिवेणीधाम महायज्ञमा जुट्यो १ करोड ५ लाख सहयोग चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्नावती धाममा लगाईएको महायज्ञमा एक करोड भन्दा बढी सहयोग जुटेको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि लगाईएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा १ करोड ५ लाख भन्दा वढि नगद संकलन भएको हो ।
‘गाडी अबरोध गर्नेलाई सम्झाउँदा दृष्प्रचार गरियो’
‘गाडी अबरोध गर्नेलाई सम्झाउँदा दृष्प्रचार गरियो’ काठमाण्डौं । पुर्वमन्त्री एवं एमाले पोलिट व्यूरो सदस्य पार्वत गुरुङले शनिवार भएको सामान्य घट्नाको विषयलाई लिएर दुष्प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् । आईतवार दोलखाबाट काठमाण्डौं आउने क्रममा गुरुङले सर्वसाधरणमाथि कुटपिट गरेको भन्दै केही संचारमाध्यममा समाचार आएपछि गुरुङले गलत समाचार सम्प्रेषण गरिएकोले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक 
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक  हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आईतवार बसेको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही पुराना र नयाँ कार्यक्रमलाई समेटिएको छ ।
चर्णावती त्रिवेणीधाम महायज्ञमा शारदा घिमिरेको १५ लाख २ हजार सहयोग
चर्णावती त्रिवेणीधाम महायज्ञमा शारदा घिमिरेको १५ लाख २ हजार सहयोग चरिकोट । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कु स्थित चर्णावती धाममा जारी महायज्ञमा सहयोग आउने क्रम जारी छ । उक्त श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रममा आईतवार एक जना समाजसेवीले १५ लाख २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
जेठ १८ र १९ मा सोक्ला रक क्लाईम्विङ महोत्सव
जेठ १८ र १९ मा सोक्ला रक क्लाईम्विङ महोत्सव चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा सोक्ला रक क्लाईम्विङ महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिकाको आयोजनामा जेठ १८ र १९ गते दुई दिन महोत्सव हुन लागेको हो । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको सोक्ला गाउँमा रक क्लाईम्विङ गरेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ...
सबै भ्रष्टाचारको छानविन र कारबाही गर्न दोलखाका नागरिक समाजको दबाब
सबै भ्रष्टाचारको छानविन र कारबाही गर्न दोलखाका नागरिक समाजको दबाब चरिकोट । दोलखामा क्रियाशिल नागरिक समाज सम्बद्ध संघ/संस्थाहरुले भ्रष्टाचारजन्य सबै घट्नाहरुको छानविन गर्न दबाब दिएका छन् । जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरुले बिभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घट्नाहरुको निष्पक्ष र पारदर्शी छानविनका साथै दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दोलखा लगायत जिल्लाका युवाहरुको लाखौं ठगी, तीन जना पक्राउ
दोलखा लगायत जिल्लाका युवाहरुको लाखौं ठगी, तीन जना पक्राउ काठमाडौँ । दोलखा लगायत जिल्लाका युवाहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन राणा, उज्ज्वल खड्का र सीताराम बास्तोला रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा, भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका...
दोलखामा भोली देखि सुरु हुने बुद्धिचाल प्रतियोगिताको तयारी पुरा, दुई सय खेलाडि सहभागि हुदै
दोलखामा भोली देखि सुरु हुने बुद्धिचाल प्रतियोगिताको तयारी पुरा, दुई सय खेलाडि सहभागि हुदै दोलखामा भोली देखि सुरु हुने खृुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । चेस होम दोलखाको अयोजनामा भोली देखि मंगलबार सम्म हुने खृुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
Weather Update