ई–७ भिसामार्फत कोरिया कामदार पठाउने प्रक्रिया रोकियो
मंगलबार, भदौ ३१, २०८२

सार्बजनिक यातायात संचालन, दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्दै
आइतबार, भदौ २९, २०८२
काठमाडौं । नयाँ सरकार गठनसँगै सार्बजनिक सवारीका साधन संचालनमा आएका छन् । जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी गरेको निषेधाज्ञा र कर्फ्यु हटाएसँगै सडकमा सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ ।
बार एसोसिएसन भन्छ : प्रतिनिधिसभा विघटन असंवैधानिक हो
शनिबार, भदौ २८, २०८२
काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनप्रति बिरोध जनाएको छ । उसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ ।

मुङचाखोलामा आएको बाढीले सुनखानी–साङवा सडक अबरुद्ध
मंगलबार, भदौ १७, २०८२
चरिकोट । अविरल वर्षासँगै खोलामा आएको बाढीले दोलखाको सुनखानी–साङवा सडक अबरुद्ध भएको छ । कालिञ्चोक गाउँपालिका–६, स्थित मुङ्चाखोलाको डाईभर्सन पुल बगाएपछि सडक अबरुद्ध भएको हो । उत्तरी क्षेत्रको मुख्य प्रवेशमार्ग सडक अबरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ ।
गंगा सोनामले जितिन् नेपाल आइडल सिजन ६ को उपाधि
सोमबार, भदौ १६, २०८२
काठमाडौं । नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । टिभी रियालिटी शो नेपाल आइडलको आइतबार सम्पन्न ग्राण्ड फिनालेमा प्रतिस्पर्धीलाई उछिन्दै उपाधि उचालिन् ।

२९ गतेदेखि दसैँका लागि नयाँ नोट साटिने
आइतबार, भदौ १५, २०८२
काठमाडौं । यही भदौ २९ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाईने भएको छ । भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

अरनिको बसमा ठोक्किएर स्कुटरमा सवार दुई जनाको मृत्यु
शुक्रबार, भदौ १३, २०८२
काठमाडौं । अरनिको यातायातको वसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किएर दुर्घट्ना भएको हो । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल–१ स्थायी घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल रहेका छन् । उनलाई बिहान साढे ३ बजे डाक्टरले मृत...

दोलखामा भयानक मोटरसाईकल दुर्घट्ना, दुई युवकको मृत्यु
बुधबार, भदौ ११, २०८२
चरिकोट । दोलखामा मोटरसाईकल दुर्घट्ना हुँदा दुई युवकले ज्यान गुमाएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा उक्त दुर्घट्ना भएको हो । दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घट्नामा भीमेश्वर नगरपालिका–५ का २३ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ का २५ वर्षीय सुजन दाहालको मृत्यु भएको छ ।

पार्टी निर्णय र नेतृत्वको पक्षमा एकढिक्का भएर उभियो दोलखा एमाले
बुधबार, भदौ ४, २०८२
चरिकोट । नेकपा एमाले दोलखाले पार्टी केन्द्रको पछिल्लो निर्णयलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । एमाले नेतृत्वमा आउने पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणासँगै कतिपय जिल्लाहरुमा गुटगट कार्यक्रमहरु भैरहेका बेला दोलखा एमाले पार्टी निर्णयको पक्षमा एकढिक्का भएर उभिएको हो ।
दोलखामा विषयगत शिक्षक पाउनै मुस्किल, एघारौं पटकसम्म विज्ञापन
शनिबार, साउन ३१, २०८२
चरिकोट । शिक्षक सेवा आयोगका लागि वर्षेनी हजारौं शिक्षकहरु प्रतिस्पर्धा गर्छन् । गाउँघरदेखि सहरबजारसम्म शिक्षकहरुको छुट्टै आकर्षण छ । सरकारी तलब सुविधा, समाजमा मानसम्मानजस्ता कारणले शिक्षक बन्न चाहनेहरु धेरै हुन्छन् । तर पछिल्लो समय गाउँका विद्यालयलाई शिक्षक पाउन मुस्किल छ ।

तामाकोशी नदी तटिय क्षेत्रमा पानीको सतह घटबढ हुने, सतर्कता अपनाउन आग्रह
शनिबार, साउन ३१, २०८२
चरिकोट । तामाकोशी नदी तटिय क्षेत्रमा आज सतर्कता अपनाउन आग्रह गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशय सफा गर्ने क्रममा नदीमा पानीको सतह घटबढ हुने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

अपर तामाकोशी आयोजना एक दिनका लागि बन्द हुने, सतर्क रहन आग्रह
बिहीबार, साउन २९, २०८२
चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत आयोजना एक दिनका लागि बन्द हुने भएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एक सूचना प्रकाशित गर्दै यही साउन ३१ गते आयोजना बन्द हुने जनाएको छ ।

ठमेलबाट ११५ किलो बुद्धचित्त बरामद, २ चिनियाँ नागरिक पक्राउ
बिहीबार, साउन २९, २०८२
काठमाडौं । ठमेलबाट ११५ किलो बुद्धचित्तको दाना प्रहरीले बरामद गरेको छ । बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।