दोलखाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु
मंगलबार, पुस १९, २०७९

अन्तरघात र भ्रमपुर्ण स्टाटस लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने एमालेको निर्णय
मंगलबार, पुस १२, २०७९
चरिकोट । नेकपा एमाले दोलखाले निर्वाचनमा अन्तरघात गर्ने बिरुद्ध आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुलाई आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय एमालेले गरेको हो ।
1671361172.jpg)
दोलखा भ्रमणमा आएका जर्मन नागरिक दुर्घट्नामा परी घाईते
बिहीबार, पुस ७, २०७९
चरिकोट । दोलखा भ्रमणमा आएका एक जर्मन नागरिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । घाईते हुनेमा ४८ वर्षिय जर्मन नागरिक रोवट निमियर रहेका छन् । उनी जिल्लाको धार्मिक एवम् पयर्टकीय क्षेत्र कालिञ्चोक भ्रमणका लागि जाँदै गर्दा दुर्घट्नामा परेका हुन् ।

दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता
सोमबार, पुस ४, २०७९
दोलखाको विगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन । विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा भिरबाट लडेर कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ४९ वर्षिय दिल बहादुर घर्ति बेपत्ता भएका हुन् ।
1671361172.jpg)
दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते
आइतबार, पुस ३, २०७९
दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई पुरुष गम्भिर घाईते भएका छन ।

रामेछापमा जिप दुर्घट्ना हुँदा ११ जना यात्रु घाईते
शनिबार, पुस २, २०७९
रामेछाप । रामेछापको उमाकुण्ड ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था जटिल छ ।
1671007478.jpg)
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम सार्वजनिक
बुधबार, मंसिर २८, २०७९
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि सार्वजनिक गरेको हो ।

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ घाइते
बुधबार, मंसिर २८, २०७९
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन ।

नुवाकोटमा दोलखाको मेलुङ गाउँपालिकाकि एक युवति मृत फेला
मंगलबार, मंसिर २७, २०७९
नुवाकोटको बिदुर नगरपालिका वडा नं २ मा दोलखाका १ महिला मृत फेला परेकी छिन् । बागमति प्रदेश प्रहरी कार्यालय हेटैडाका अनुसार मंगलबार दोलखाको मेलुङ गाउँपालिका वडा नं २ कि ३३ बर्षीय लक्ष्मी कार्र्की मृत फेला परेकि हुन ।
1670738188.jpg)
सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गयो
आइतबार, मंसिर २५, २०७९
सिन्धुलीमा जङ्गली माहुरी अर्थात घारेको टोकाइबाट एक जनाको ज्यान गएको छ । घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हो ।

दोलखाको प्रतिनिधिसभा सदस्यमा कार्की ३१८ मतान्तरले विजयी
सोमबार, मंसिर १९, २०७९
चरिकोट । दोलखाको एकमात्र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की विश्व विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार वालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुुन् । निकै रोचक देखिएको उनीहरुबीचको प्रतिस्पर्धामा झिनो मतान्तर देखिएको छ । कार्कीले ३६७९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६४७७ मत...

‘दोलखालाई फेरी बद्नाम गराईयो, बुथ कब्जाको परिणाम स्वीकार्य छैन’
आइतबार, मंसिर १८, २०७९
चरिकोट । नेकपा एमालेका पोलिट व्यूरो सदस्य पार्वत गुरुङले २०७० सालमा अन्त्य गरिएको बुथ कब्जाको गलत संस्कार फेरी दोहोर्याएर गठबन्धनले दोलखालाई बदनाम गराएको बताएका छन् । २०५१ सालदेखि कांग्रेसले जिल्लामा बुथ कब्जाको गलत संस्कृति सुरुवात गरेको उल्लेख गर्दै गुरुङले एमालेले निरन्तर त्यसको प्रतिवाद गरेको बताए ।