Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा एमालेले बनायो ‘बुथ कब्जा’मा संलग्नहरुको भण्डाफोर गर्ने योजना
दोलखा एमालेले बनायो ‘बुथ कब्जा’मा संलग्नहरुको भण्डाफोर गर्ने योजना चरिकोट – नेकपा एमाले दोलखाले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा दोलखामा बुथ कब्जा गर्ने कार्यमा संलग्न सबैको क्रमशः भण्डाफोर गर्दै जाने बताएको छ । जिल्लाका करिब एक दर्जन मतदान केन्द्रहरुमा बुथ कब्जा गरिएको भन्दै एमालेले त्यसमा संलग्न सबै पक्षको भण्डाफोर गर्ने योजना बनाएको हो ।
बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न एमाले पालिका कमिटीहरुको माग
बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न एमाले पालिका कमिटीहरुको माग चरिकोट – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भएको फर्जी मतदानबारे नेकपा एमाले दोलखाका ९ वटै पालिका कमिटीहरुले बिज्ञप्ती जारी गर्दै छानविन र पुन मतदानको माग गरेका छन् । जिल्लाको ६ वटा गाउँपालिका कमिटीका अध्यक्षहरुले छुट्टाछुट्टै बिज्ञप्ती मार्फत बुथ कब्जा गरेर जनताको मताधिकार खोसिएको भन्दै निर्वाचन आयोगको...
दोलखाको मतगणना : जिल्लाको राय बुझेपछि निर्णय गर्दै आयोग
दोलखाको मतगणना : जिल्लाको राय बुझेपछि निर्णय गर्दै आयोग दोलखा - निर्वाचन आयोगले दोलखाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भनि परेको उजुरीबारे निर्णय नभई मतगणना प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै आयोगले आवश्यक निर्णयपछि मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउन्ड गोली चल्यो, एक नेपाली सेना घाइते
दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउन्ड गोली चल्यो, एक नेपाली सेना घाइते दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।
दोलखाको गैरीमुदिमा तनाव सिर्जना, प्रहरीद्धारा तीन राउन्ड हवाई फायर
दोलखाको गैरीमुदिमा तनाव सिर्जना, प्रहरीद्धारा तीन राउन्ड हवाई फायर दोलखाको बैतेश्वर गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।
दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा हवाई फायर
दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा हवाई फायर दोलखाको तामाकोसी गाउापालिका वडा नं २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।
चुनावी सुरक्षा : दोलखा फेरि ‘रेडजोन’मा, बुथ कब्जाको कलंक मेटिएला ?
चुनावी सुरक्षा : दोलखा फेरि ‘रेडजोन’मा, बुथ कब्जाको कलंक मेटिएला ? काठमाडौं - निर्वाचन आयोगले दोलखाको अति सम्वेदनशील मतदान केन्द्रहरुलाई विशेष निगरानीमा राखेको जनाएको छ । प्रत्येक निर्वाचनमा जिल्लाको केही मतदान केन्द्र स्थित बुथ कब्जा हुँदै आएको छ । गत स्थानीय निर्वाचनमा पनि बैतेश्वर र तामाकोशी गाउँपालिकाका केही बुथ कब्जा गरिएको थियो ।
तामाकोसी गाउँपालिकामा एमालेको शक्ति प्रदर्शन, दोलखाको तीन वटै सिट जित्ने उद्घोष (फोटोफिचर)
तामाकोसी गाउँपालिकामा एमालेको शक्ति प्रदर्शन, दोलखाको तीन वटै सिट जित्ने उद्घोष (फोटोफिचर) चरिकोट – नेकपा एमालेले दोलखाको तामाकोसी गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत नेकपा एमालेले तामाकोसी गाउँपालिकामा अन्तिम चुनावी सभाको आयोजना गरेको हो । उक्त चुनाबी सभामा ठुलो संख्यामा जनताको उपस्थिति देखिएको छ ।
कार्कीलाई मत जोगाउने चुनौती, गठबन्धनको मत तानेर जित्ने शिवाकोटीको रणनीति
कार्कीलाई मत जोगाउने चुनौती, गठबन्धनको मत तानेर जित्ने शिवाकोटीको रणनीति चरिकोट – एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमालेका वालकृष्ण शिवाकोटी र गठबन्धनका गंगा कार्की ‘विश्व’ दुबै जना नयाँ अनुहार हुन् । उनीहरुबीचको प्रतिस्पर्धा जिल्लाबासीको ठुलो चासोको विषय छ ।
दोलखाको ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन
दोलखाको ऐतिहाँसिक विगु गुम्बाको पुनर्निर्माणपछि उद्घाटन चरिकोट – दोलखाको विगु गाउँपालिका ७ स्थित विगु गुम्बा (टाशी छिमे गछाल गोन्पा) को उद्घाटन गरिएको छ । २०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुर्याएको उक्त गुम्बा पुर्ननिर्माणपछि मंगलबार एक समारोहकाबीच लामा क्याब्जे थुुब्तेन जोपा रिन्पाछेले उद्घाटन गरे ।
‘बुथ कब्जा गरेर चुनाव जित्ने बिकृति सँधैको लागि अन्त्य गर्न चाहन्छौं’
‘बुथ कब्जा गरेर चुनाव जित्ने बिकृति सँधैको लागि अन्त्य गर्न चाहन्छौं’ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सन्निकट छ । निर्वाचनमा अशान्त हुने गरेको दोलखाको निर्वाचनलाई थप चासोका साथ हेरिएको छ । पूर्वमन्त्री समेत रहेका एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङको सक्रियताले जिल्लाको निर्वाचन थप रोचक बन्ने गरेको छ । प्रस्तुत छ, निर्वाचनको सन्दर्भलाई लिएर गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश..
Weather Update