ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति
आइतबार, असार २१, २०७७

नेकपाको अन्तरसंघर्ष समाधान गर्ने प्रयास जारी
आइतबार, असार २१, २०७७
काठमाडौं - नेकपाका दुई अध्यक्ष पार्टीभित्र चुलिएको बिवाद समाधानको प्रयासमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भेटवार्ता जारी छ । भोली स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षले बिवाद समाधानको अधिकतम प्रयास हुने बताईएको छ ।

महाअभियोगको झुठा प्रचार गरेर स्वार्थ पुरा गर्न खोजियो : प्रवक्ता श्रेष्ठ
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले महाअभियोग प्रस्ताव ल्याउने भनेर राष्ट्रपतिलाई बिवादमा तान्न खोजिएको दाबी गरेका छन् । आफ्नो स्वार्थका लागि झुठो प्रचार गरिएको उनले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो
शनिबार, असार २०, २०७७
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटबार्तामा समसामयिक विषयमा छलफल भैरहेको बुझिएको छ ।

नेकपा फुट्दैन, फुट्न दिर्ईदैन : नेता शर्मा
शनिबार, असार २०, २०७७
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी कुनै हालतमा फुट्न नदिईने बताएका छन् । सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै नेता शर्माले पार्टी नफुट्ने र फुट्न नदिईने बताएका हुन् ।

नेकपालाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय
शुक्रबार, असार १९, २०७७
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पुस्ताका नेताहरु पार्टी भित्र देखिएको पछिल्लो संकट समाधानको गृहकार्यमा जुटेका छन् । दुबै खेमामा रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठकले पार्टीलाई फुटबाट जोगाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

कांग्रेस संविधान संशोधनको पक्षमा उभियो, पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन
शनिबार, जेठ १७, २०७७

प्रधानमन्त्री ओलीको जोडवलमा नयाँ अध्यादेश ! पार्टी फुटाउन सुविधाजनक व्यवस्था
सोमबार, वैशाख ८, २०७७
प्रधानमन्त्री ओलीले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत पुर्याए पार्टी फुटाउन मिल्ने अध्यादेश पास गराएका हुन् । उक्त अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाईएको छ । वालुवाटार निकट स्रोतका अनुसार पार्टी भित्र आफुलाई सत्ताबाट हटाउने चलखेल बढेको निष्कर्षका आधारमा प्रधानमन्त्री यो निर्णयमा पुगेका हुन् ।...