नियम विपरीत रोडाढुंगा उत्खनन रोक्न सर्वोच्चको परमादेश
सोमबार, माघ ७, २०८१
माघ १८ मा संसदको हिउँदे अधिवेशन बोलाउने निर्णय
सोमबार, माघ ७, २०८१
काठमाडौं। सरकारले यही माघ १८ बाट संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण अभियोगमा तीन जना प्रहरी हिरासतमा
सोमबार, माघ ७, २०८१
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना प्रहरी हिरासतमा पुगेका छन् । प्रहरीले सोमबार झापा बुद्ध शान्ती गाउँपालिका–४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरेको छ ।
चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात
सोमबार, माघ ७, २०८१
काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात गरेको छ । २०८१ साउन यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको हो । यद्यपी यो निर्यात आयातको अनुपातमा निकै कम हो । पछिल्लो तीन महिनादेखि भने निर्यातमा उच्च वृद्धि देखिएको छ ।
राष्ट्रिय परिचयपत्र बिरुद्धको रिट निवेदन खारेज
आइतबार, माघ ६, २०८१
काठमाडौं । राष्ट्रिय परिचयपत्र बिरुद्ध पारेको रिट खारेज भएको छ । परिचय-पत्र कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित सर्दाबोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। यो फैसलाले सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ ।
रोजगारीका लागि प्रत्येक महिना ६५ हजार बिदेशिँदै
आइतबार, माघ ६, २०८१
काठमाडौं । रोजगारीको शिलशिलामा प्रत्येक महिना ६५ हजार जना बिदेशिरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म) वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएको...
माघ १० गतेदेखि वाग्मती प्रदेशसभाको अधिवेशन
आइतबार, माघ ६, २०८१
हेटौँडा । बागमती प्रदेशसभा यही माघ १० गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयले यही १० गतेदेखि पाँचौँ अधिवेशन बस्नेगरी तयारी गरिरहेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले अधिवेशन संचालनको तयारी भैरहेको जानकारी दिए ।
ईजरायल र हमासबीच युद्धविराम सुरु
आइतबार, माघ ६, २०८१
काठमाडौं । इजरायल र हमासबीच आजदेखि युद्धविराम सुरु भएको छ । दुईपक्षबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको हो । इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरिसकेको छ । युद्धविराम अवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।
दैलेखमा पेट्रोलियम अन्वेषण : भेटिएको नमूना लिएर चीन फर्कियो प्राविधिक टोली
शुक्रबार, माघ ४, २०८१
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ।
६ महिनामा वाग्मती सरकारको खर्च १६ प्रतिशत
शुक्रबार, माघ ४, २०८१
वाग्मती । वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६।२७ प्रतिशतमात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।
सुनको भाउ निरन्तर उकालो
शुक्रबार, माघ ४, २०८१
काठमाडौं । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतको ६० लाख धरौटी
बिहीबार, माघ ३, २०८१
काठमाडौँ । सहकारी ठगी लगायतका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी तोकेको छ । उनी गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । लामिछाने अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा...
बढ्यो ईन्धनको मूल्य
बिहीबार, माघ ३, २०८१
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको हो ।



