नेपालले गर्यो इतिहाँसकै उच्च निर्यात
बुधबार, साउन ७, २०८२
चरम गर्मी लहरले विश्वव्यापी जलवायु संकटको चेतावनी
मंगलबार, साउन ६, २०८२
बेइजिङ । विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा यस्तो चेतावनी दिईएको हो । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु संकट सिर्जना गरेको छ ।
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो
सोमबार, साउन ५, २०८२
काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्रीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तय भएको हो । उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।
परीक्षण उत्पादन थाल्दै मध्य भोटेकोशी
सोमबार, साउन ५, २०८२
काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने जनाएको छ ।

एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण पेन्डिङमा
आइतबार, साउन ४, २०८२
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा राखेको छ । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता पेन्डिङमा राखिएको बताए । पोलिट व्युरो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भण्डारीको सदस्यता नवीकरणबारे टुंगो नलागेको जानकारी गराएका छन् ।
सुनकोशी नदी आसपास सतर्क रहन आग्रह
आइतबार, साउन ४, २०८२
काठमाडौं । स्थानीय प्रशासनले सुनकोशी नदी आसपसका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै आज रातिदेखि आगामी ५ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने भन्दै सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो ।

मनसुन पुन सक्रिय, काठमाडौं सहितका स्थानमा भारी वर्षा हुने
आइतबार, साउन ४, २०८२
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाडौं सहितका स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ।
दैलेखको ग्याँस एक वर्ष भित्र उपयोगमा ल्याउन निर्देशन
सोमबार, असार ९, २०८२
काठमाडौं । सरकारले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानीबाट छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका हुन् । त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।
बैंकमा थुप्रियो चार खर्ब
सोमबार, असार २, २०८२
काठमाडौं । रेमिट्यान्स बढ्दा राष्ट्र बैंकमा चार खर्ब बढी रकम थुप्रिएको छ । वित्तीय प्रणालीको अधिक तरलता निक्षेप संकलन र स्थायी निक्षेप सुविधा मार्फत कुल ४ खर्ब १५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको हो । यो आइतबारसम्मको तथ्यांक हो ।
काभ्रेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाईते
बुधबार, जेठ २१, २०८२
काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका जाँदै गरेको बस दुर्घट्ना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस भुग्देउ पुग्दा दुर्घट्ना भएको हो ।

यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश
बुधबार, जेठ २१, २०८२
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवसायीहरूको नाममा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अग्नि सापकोटाविरूद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
बुधबार, जेठ २१, २०८२
काठमाडौं । सर्वोच्च अदालतलले माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्वसभामुख अग्नि सापकोटा माथि व्यक्ति हत्या मुद्धामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा जारी गरेको हो । उनीमाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप छ । अब सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने...
बढ्यो डिजेल र पेट्रोलको मूल्य
आइतबार, जेठ १८, २०८२
काठमाडौँ । डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।