नियमानुसार होटल व्यवसाय संचालन गर्न निर्देशन
सोमबार, साउन ८, २०८०

दोलखाको विगु गाउँपालिकामा चितुवा आतंक, स्थानीय त्रसित
सोमबार, साउन ८, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिकामा चितुवाले आतंक मच्चाएको छ । चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । विगु गाउँपालिका वडा नम्बर ६ र ७ मा एक साताको अन्तरालमा मात्रै १० वटा बाख्रा मारेको छ । आईतवार राती निस्किएको चितुवाले वडा नम्बर ७ मानेडाँडा स्थित अनिल दुलालको पाँच...

दोलखाका तत्कालीन प्रजिअ खतिवडा विरुद्ध भ्रष्टाचारको मुद्दा, जिम्मेवारीबाट निलम्बन
आइतबार, साउन ७, २०८०

कालिञ्चोक ६ की कक्षा ८ मा अध्ययनरत वालिका दुई दिनदेखि बेपत्ता
शनिबार, साउन ६, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाकी एक वालिका दुई दिनदेखि बेपत्ता भएकी छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ जनज्योति माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा १३ वर्षिया करिना थामी शुक्रवारदेखि बेपत्ता भएकी हुन् ।

अबैध क्रसर बन्द गर्ने जिसस दोलखाको निर्णय नमान्ने व्यवसायीको घोषणा
शुक्रबार, साउन ५, २०८०
चरिकोट । दोलखाका क्रसर व्यवसायीले नियम बिपरितका क्रसर बन्द गर्ने जिल्ला समन्वय समितिको निर्णय नमान्ने घोषणा गरेका छन् । जिससको निर्णय बिरुद्ध दोलखा जिल्ला क्रसर व्यवसायी संघले भोलीदेखि जिल्लाका सबै क्रसर उद्योगहरु अनिश्चिकालका लागि बन्द गर्ने जनाएको छ ।

कांग्रेस दोलखाका पुर्व क्षेत्रिय सचिव चौलागाईसहितको समुह एमाले प्रवेश
शुक्रबार, साउन ५, २०८०
चरिकोट । नेपाली कांग्रेस दोलखा निर्वाचन २ नम्बर क्षेत्रिय पुर्व सचिवसहितको समुह नेकपा एमाले प्रवेश गरेको छ । पुर्व क्षेत्रिय सचिव तिलकराज चौलागाईं ‘विष्णु’ को नेतृत्वमा कांग्रेस नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । गठबन्धनको नाममा पार्टीको अस्तित्व समाप्त हुँदै गएको भन्दै उनीहरु असन्तुष्ट थिए ।

चौतारी अध्यक्ष बस्नेतमाथिको उजुरी बिरुद्ध महासंघको विज्ञप्ती, उजुरी फिर्ता लिन माग
शुक्रबार, साउन ५, २०८०
काठमाण्डौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत बिरुद्ध गृहमन्त्रीको सचिवालयले जाहेरी दिएपछि नेपाल पत्रकार महासंघले बिज्ञप्ती निकालेर त्यसको बिरोध गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले बस्नेत बिरुद्ध साईबर क्राईमको कसुरमा प्रहरीमा उजुरी दिएको थियो ।

लम्पी स्किन रोग बिरुद्ध एमालेको औषधी बितरण र सचेतना कार्यक्रम
शुक्रबार, साउन ५, २०८०
चरिकोट । नेकपा एमालेले दोलखाको कालिञ्चोक गाउँपालिकामा लम्पी स्किन रोग बिरुद्ध जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । पशुचौपायामा उक्त रोगको प्रकोप व्यापक हुँदै गएपछि एमालेले औषधी बितरणसहितको सतेतनामुलक कार्यक्रम सुरु गरेको हो ।

लिखु–२ आयोजनाले सुरु गर्यो विद्युत उत्पादन
बिहीबार, साउन ४, २०८०
मन्थली । लिखु–२ जलविद्युत आयोजनाले विद्यूत उत्पादन सुरु गरेको छ । रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा नदी भएर बग्ने लिखुको पानी प्रयोग गरी निर्माण गरिएको आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको हो । दुगड समूहले निर्माण गरेको उक्त आयोजनाले रामेछापको उमाक्ण्डु २ ठाडोखोला नजिक रहेको पावरहाउसमा पानी खसालेर परीक्षण उत्पादन थालेको...

चरिकोटस्थित होटलमा एक युवक मृत भेटिए
बिहीबार, साउन ४, २०८०
चरिकोट । दोलखा सदरमुकाम चरिकोट स्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । चरिकोट सातदोवाटो नजिकैको एक होटलमा अन्दाजी २५ वर्षिय युवक कोठाभित्र मृत फेला परेका हुन् । सोलुखुम्बु घर भएका उनको बिस्तृत ठेगाना खुल्न बाँकी छ ।

विमानस्थल सुन काण्डमा दोलखाका दुई युवक समातिए
बिहीबार, साउन ४, २०८०
काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको करिब सय किलो सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको पाइएको छ ।

खिम्ति आयोजनामा कार्यरत ईन्जिनियर खोलामा बेपत्ता
शुक्रबार, असार २९, २०८०
चरिकोट । खिम्ती २ जलविद्युत आयोजनामा कार्यरत ईन्जिनियर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिरी ४ घैलेश्वारा घर भएका सव ओभरसियर कुशल कार्की रहेका छन् । उनी खिम्ती २ जलविद्युत आयोजनाको हेडवक्सबाट चिप्लिएर खिम्ती खोलामा खस्दा बेपत्ता भएका हुन् ।