विषालु च्याउ खाँदा दोलखामा एक जनाको मृत्यु
बुधबार, असार २७, २०८०

बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो
सोमबार, असार २५, २०८०
काठमाडौँ । गत साउनदेखि जेठसम्म रेमिट्यान्स उल्लेख्य बृद्धि भएको छ । ११ महिनामा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो । गत आवको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो...

लम्पी स्किन रोगको प्रकोप फैलिएपछि मेलुङमा पशु ढुवानी र व्यापारमा रोक
सोमबार, असार २५, २०८०
चरिकोट । दोलखाको मेलुङ गाउँपालिकामा पनि लम्पी स्किन रोगको प्रकोप बढेको छ । उक्त रोगको संक्रमण बढेपछि गाउँपालिकाले सतर्कताका लागि स्थानीयलाई आग्रह गरेको छ । लम्पीको प्रकोप बढेपछि मेलुङ् गाउँपालिका वडा नम्बर ३ मा पशुको व्यापार र ओसार पसारमा रोक लगाईएको छ ।

वाग्मती प्रदेशमा २१ प्रतिशत मात्रै रोपाई
शनिबार, असार २३, २०८०
हेटौंडा । बागमती प्रदेशमा यस वर्ष रोपाईमा ढिलाई भएको छ । हालसम्मको तथ्यांक अनुसार यो प्रदेशमा २१ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाका अनुसार यस वर्ष मनसुन ढिला गरी सुरु भएको कारण असार अन्तिम हप्तासम्म रोपाइँ २१ प्रतिशतमात्र भएको हो ।

यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा
शुक्रबार, असार २२, २०८०
चरिकोट । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा संचालन गरेको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा दोलखाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या न्युन देखिएको छ । २०७९ सालको एसईई परीक्षामा दोलखाका ६० जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।

दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा बाढिपहिरोको जोखिम
शुक्रबार, असार २२, २०८०
काठमाण्डौ । दोलखा, सिन्धुपाल्चोक र सोलुखुम्बुमा ठूलो वर्षासँगै बाढीपहिरोको जोखिम बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार यी तीन जिल्ला अत्याधिक वर्षासँगै पहिरोको जोखिम देखिएको हो । गएराति सिन्धुपाल्चोकको नाकोटे र गुम्थाङमा ठूलो वर्षा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक
बिहीबार, असार २१, २०८०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए ।

त्रिवेणीधाम महायज्ञको आम्दानी एक करोड ४ लाख, ३१ लाख ७१ हजार खर्च
बिहीबार, असार २१, २०८०
दोलखा । दोलखाको प्रसिद्ध चरणावती त्रिवेणी धाममा गत जेठमा सम्पन्न श्रीमद् देवी भागवत महायज्ञको आयव्यय बिवरण सार्वजनिक गरिएको छ । सदरमुकाम चरिकोटमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आम्दानी तथा खर्चको बिवरण सार्वजनिक गरिएको हो । महायज्ञका आर्थिक संयोजक एवं चरणावती धाम विकास तथा प्रवद्र्धन संस्थाका कोषाध्यक्ष शम्भु खड्काका अनुसार महायज्ञमा...

थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन
सोमबार, असार १८, २०८०
सिंगटी । नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् । जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो । उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु कुन्दन काफ्ले,...

भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता
शनिबार, असार ९, २०८०
दोलखा जिल्ला भीमेश्वर नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्ट्रिकोणले मात्रै होईन व्यवसायिक कृषि उत्पादनको दृष्टिले पनि अत्यन्तै सम्भावनायुक्त नगर हो । विशेषगरी यस नगरपालिकामा कृषिवाली मध्येपनि किवी, तरकारी र आलु उत्पादनको प्रचुर सम्भावना छ ।

ओखलढुंगामा पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु
शुक्रबार, असार ८, २०८०
ओखलढुंगा । चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो ।

वेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत
बुधबार, असार ६, २०८०
काठमाडौं । सरकारले बेलायतमा नेपाली कामदार पठाउन श्रम सम्झौता कार्ययोजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेको हो । कार्ययोजना स्वीकृत भएसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।

‘वर्तमान सरकार असफल भए पार्टी सिद्धिन्छ’
शनिबार, असार २, २०८०
चरिकोट । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार कुनैपनि हालतमा सफल बनाउनुपर्ने बताएका छन् । बर्तमान सरकार असफल भए माओवादी केन्द्र नै सिद्धिने दिशातिर जाने उनले बताए । दोलखा सदरमुकाम चरिकोटमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।