अभि थापाको नेतृत्वमा दोलखाली समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
आइतबार, फागुन २८, २०७९

सिन्धुपाल्चोकको ५ क्याम्पसमा स्ववियु पदाधिकारी निर्बिरोध
आइतबार, फागुन २८, २०७९
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ५ क्याम्पसका स्ववियु पदाधिकारी निर्बिरोध भएका छन् । जिल्लाका प्रमुख दुई क्याम्पस चौतारा बहुमुखी क्याम्पस र सुनकोशी बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसहरूमा सर्वसम्मत रूपमा स्ववियु पदाधिकारी निर्वाचित भएका हुन् । चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् ।

सिन्धुलीमा यात्रुबाहक बस दुर्घट्ना, ६ जनाको मृत्यु
आइतबार, फागुन २८, २०७९
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घट्नामा परी पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब
शनिबार, फागुन २७, २०७९
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी...

स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच तालमेल
शनिबार, फागुन २७, २०७९
सिन्धुपाल्चोक । आउँदो चैत–५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोक एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच तालमेलको सहमति भएको छ । जिल्लाका क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी बीच चुनावी तालमेल हुने भएको हो ।

मध्य भोटेकोशीको निर्माण प्रगति ९५ प्रतिशत
शनिबार, फागुन २७, २०७९
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

काभ्रेमा सवारी दुर्घट्ना हुँदा दोलखा सुन्द्रावतीका दुई जना घाईते
सोमबार, फागुन २२, २०७९
चरिकोट । काभ्रेपलाञ्चोकमा सवारी दुर्घट्नामा परी दोलखाका दुई जना घाईते भएका छन् । काभ्रेपलाञ्चोकको ५२ किलो भन्ने स्थानमा एम्बुलेन्सले मोटसाइललाई ठक्कर दिँएर दुर्घट्ना भएको हो । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रवतीका ३६ वर्षिय धनविर थामी र उनकी ७५ वर्षिया आमा पुर्णमाया थामी रहेका छन् ।

चरिकोटमा सुरु भयो दोलखा महोत्सव
शुक्रबार, फागुन १९, २०७९
चरिकोट । दोलखा महोत्सव सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छ । चेम्बर्स अफ कमर्स दोलखाको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरे । पछिल्लो समय सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजकले...

भीमेश्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखामा
बिहीबार, फागुन १८, २०७९
चरिकोट । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा आईपुगेकी छन् । प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आएकी हुन् । राष्ट्रपति बिहिवार विहान सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिनेपछि भीमेश्वर मन्दिर पुगेकी हुन् ।

राष्ट्रपति भण्डारी दोलखा आउँदै, भीमेश्वरको दर्शन र टुकी किसानसँग अन्तरक्रिया गर्ने
बिहीबार, फागुन १८, २०७९
चरिकोट । राष्ट्रपति बिद्यादेवी भण्डारी भीमेश्वर दर्शनका लागि आज दोलखा आउँदै छिन् । प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी दोलखा आउन लागेकी हुन् । राष्ट्रपति बिहिवार विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिने कार्यक्रम छ ।

सुन्द्रावतीका आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
सोमबार, फागुन १५, २०७९
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका आगलागी पीडितहरुलाई सोमवार थप राहात सहयोग हस्तान्तरण गरिएको छ । नेपाल थामी समाज दोलखा मार्फत पीडित परिवारलाई १ लाख २९ हजार ४ सय ९५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

प्राविधिक समस्या आएपछि दोलखामा राहदानी सेवा बन्द, सेवाग्राही मारमा
आइतबार, फागुन १४, २०७९
चरिकोट । जिल्ला प्रशासन कार्यालयले राहादानी बितरण कार्य बन्द गरेको छ । आईतवार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासन कार्यालयले राहादानी सम्बन्धी सेवा स्थगित रहने जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत अरुण कुमार वडालले यही फागुन २० गतेसम्मका लागि राहादानी सम्बन्धी सेवा स्थगित भएको जानकारी दिए ।

दोलखामा वर्षा र हिमपात, किसान र होटल व्यवसायीलाई राहात
आइतबार, फागुन १४, २०७९
चरिकोट । दोलखाका उच्च हिमाली क्षेत्रमा आईतवार हिमपात भएको छ । यो वर्ष ढिलोगरी जिल्लाको कालिञ्चोक, शैलुङ, खरिढुङ्गा लगायतका उच्च पहाडी क्षेत्रमा पहिलो हिमपात भएको हो । हिमपात र वर्षा भएपछि किसानलाई राहत मिलेको छ भने व्यवसायी पनि खुसी भएका छन् ।