ईश्वरी दाहालको नेतृत्वमा दोलखा रेडक्रसको नयाँ कार्यसमिति चयन
शुक्रबार, फागुन १२, २०७९

‘अछुत आमाले जन्माउँदिनन्, समाजले जन्माएको हो’
शुक्रबार, फागुन १२, २०७९
काठमाडौँ । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले समाजमा व्याप्त छुवाछुत र विभेदबारे सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले पोलिट व्युरो सदस्य समेत रहेका सांसद रिजालले अछुत् जन्माउने सामाजिक सोच र छुवाछूत प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षका लागि बस्नेतको उम्मेदवारी
बुधबार, फागुन १०, २०७९
चरिकोट । दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि बुधवार मनोनयन दर्ता भएको छ । जस अनुसार संघको अध्यक्ष पदमा व्यवसायी दिनेश बस्नेतले मनोनयन दर्ता गराएका छन् । संघले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बस्नेतले बुधवार दिउँसो अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

सिन्धुलीमा मोटरसाईकल दुर्घट्ना हुँदा दाजुभाईले ज्यान गुमाए
सोमबार, फागुन १, २०७९
सिन्धुली । सिन्धुलीमा मोटरसाईकल दुर्घट्ना हुँदा दुई जना रहेका छन् । मदन भण्डारी लोकमार्ग अन्र्तगत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दाजुभाईको मृत्यु भएको हो । मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुन्द्रावती आगलागी पीडितका लागि प्रवासका युवाहरुले जुटाए दुई लाख ९२ हजार सहयोग
आइतबार, माघ २९, २०७९
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका-९, सुन्द्रावती स्थित कटुवाचौरका आगलागी पीडितहरुको लागि प्रवासमा रहेका युवाहरुको पहलमा आर्थिक सहयोग जुटाईएको छ । रोजगारी र अन्य कामको शिलशिलामा बिभिन्न मुलुक रहेका युवाहरूको पहल र सक्रियतामा आगलागी पीडितहरुको लागि तीन लाख ९२ हजार २ सय ११ रुपैयाँ बरावर आर्थिक सहयोग जुटाईएको हो ।

बलात्कार गरेको आरोपमा रामेछापका एक युवक पक्राउ
आइतबार, माघ २९, २०७९
नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर रहेका छन ।

८६ मेगावाटको सोलुखोला आयोजनाबाट व्यापारिक उत्पादन सुरु
शनिबार, माघ २८, २०७९
सोलुखुम्बु । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थालेको छ । व्यापारिक उत्पादन सुुरु भएपछि उक्त आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अघिल्लो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाको सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले...

वर्षा र हिमपात नहुँदा दोलखाको कृषिवालीसँगै पर्यटन क्षेत्र प्रभावित
शनिबार, माघ २८, २०७९
चरिकोट । माघ महिनापनि बित्न लागिसक्यो तर दोलखामा अहिलेसम्म हिमपात र वर्षा हुने छाँटकाँट देखिएको छैन । हिउँद याममा प्रायः सँधै हिमपातपछि सेताम्मे र रमणीय देखिने डाँडापाखाहरु उजाड देखिन्छन् । ७१३४ मिटर उचाईमा रहेको गौरीशंकर हिमालमा समेत हिँउको मात्र पातलिएको देखिन्छ । कतिपय हिमालहरु काला पत्थरमा परिणत भएका छन् ।

बाँदर नियन्त्रण गर्न रुख काट्ने कालिञ्चोक गाउँपालिकाको निर्णय कार्यान्वयनमा रोक
शनिबार, माघ २८, २०७९
काठमाण्डौं । बाँदर नियन्त्रणका लागि भन्दै कालिञ्चोक गाउँपालिकाले गरेको रुढ कटान गर्ने निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

कालिञ्चोक गाउँपालिकाका एक पुरुष मृत अबस्थामा फेला
शनिबार, माघ २८, २०७९
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ स्थित पाटागाउँ निवासी सुब्बा भनिने लिला बहादुर सुनुवार मृत भेटिएका हुन् ।

मोटरसाईकलको कर फागुनभित्र बुझाउँदा ५ वर्षको जरिवाना छुट
बिहीबार, माघ २६, २०७९
काठमाडौँ । मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी फागुन महिनाभित्र गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले सार्वजनिक सूचना मार्फत जरिवाना छुट हुने जानकारी दिएको हो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको...

दोलखाको पशुपति स्मृति अस्पतालसहित ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
बुधबार, माघ २५, २०७९
हेटौंडा । दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालसहित बागमती प्रदेशका ७ वटा प्रादेशिक अस्पतालहरुले एम्वुलेन्स पाएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।

सोलुमा मोटरसाईकल दुर्घट्नामा परी युवकको मृत्यु
बुधबार, माघ २५, २०७९
सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिकामा मोटरसाइकल दुर्घटनमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्यदुधकोसी गाउँपालिका ४ का २१ वर्षीय हेम कुमार राई रहेका छन् ।