सुन्द्रावती आगलागी पीडितका लागि प्रवासका युवाहरुले जुटाए दुई लाख ९२ हजार सहयोग
आइतबार, माघ २९, २०७९
बलात्कार गरेको आरोपमा रामेछापका एक युवक पक्राउ
आइतबार, माघ २९, २०७९
नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर रहेका छन ।
८६ मेगावाटको सोलुखोला आयोजनाबाट व्यापारिक उत्पादन सुरु
शनिबार, माघ २८, २०७९
सोलुखुम्बु । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन थालेको छ । व्यापारिक उत्पादन सुुरु भएपछि उक्त आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अघिल्लो सातादेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाको सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले...
वर्षा र हिमपात नहुँदा दोलखाको कृषिवालीसँगै पर्यटन क्षेत्र प्रभावित
शनिबार, माघ २८, २०७९
चरिकोट । माघ महिनापनि बित्न लागिसक्यो तर दोलखामा अहिलेसम्म हिमपात र वर्षा हुने छाँटकाँट देखिएको छैन । हिउँद याममा प्रायः सँधै हिमपातपछि सेताम्मे र रमणीय देखिने डाँडापाखाहरु उजाड देखिन्छन् । ७१३४ मिटर उचाईमा रहेको गौरीशंकर हिमालमा समेत हिँउको मात्र पातलिएको देखिन्छ । कतिपय हिमालहरु काला पत्थरमा परिणत भएका छन् ।
बाँदर नियन्त्रण गर्न रुख काट्ने कालिञ्चोक गाउँपालिकाको निर्णय कार्यान्वयनमा रोक
शनिबार, माघ २८, २०७९
काठमाण्डौं । बाँदर नियन्त्रणका लागि भन्दै कालिञ्चोक गाउँपालिकाले गरेको रुढ कटान गर्ने निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
कालिञ्चोक गाउँपालिकाका एक पुरुष मृत अबस्थामा फेला
शनिबार, माघ २८, २०७९
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ स्थित पाटागाउँ निवासी सुब्बा भनिने लिला बहादुर सुनुवार मृत भेटिएका हुन् ।
मोटरसाईकलको कर फागुनभित्र बुझाउँदा ५ वर्षको जरिवाना छुट
बिहीबार, माघ २६, २०७९
काठमाडौँ । मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी फागुन महिनाभित्र गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले सार्वजनिक सूचना मार्फत जरिवाना छुट हुने जानकारी दिएको हो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको...
दोलखाको पशुपति स्मृति अस्पतालसहित ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
बुधबार, माघ २५, २०७९
हेटौंडा । दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालसहित बागमती प्रदेशका ७ वटा प्रादेशिक अस्पतालहरुले एम्वुलेन्स पाएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
सोलुमा मोटरसाईकल दुर्घट्नामा परी युवकको मृत्यु
बुधबार, माघ २५, २०७९
सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिकामा मोटरसाइकल दुर्घटनमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्यदुधकोसी गाउँपालिका ४ का २१ वर्षीय हेम कुमार राई रहेका छन् ।
वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष बने चालिसे
मंगलबार, माघ २४, २०७९
हेटौंडा । वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशको बर्दिया चालिसे जनसंख्या र बुढ्यौली विद हुन ।
काठमाडौंका तीन स्थानमा बर्डफ्लू पुष्टि
मंगलबार, माघ २४, २०७९
काठमाडौँ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू भेटिएको हो । पशु सेवा विभागले बर्डफ्लू देखिएको पुष्टि गरेको छ ।
कुनै कमजोरी नगर्न प्रदेश श्रम मन्त्रीको कर्मचारीलाई निर्देशन
मंगलबार, माघ २४, २०७९
हेटौंडा । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले कुनै कमजोरी नगर्न कर्मचारीलाई चेतावनी दिएका छन् । मन्त्रालयमा कर्मचारीसँगको अन्तरक्रियामा उनले काम गर्न सकेमात्र जनताले राहत महसुस गर्ने भन्दै कमजोरी नगर्न निर्देशन दिएका हुन् ।
दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, माघ २३, २०७९
दोलखाको विगु गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्बर ४ लादुकमा आज दिउँसो करिब १ बजे बजे सिंगटी लादुक सडकखण्ड अन्तर्गत चित्रेस्थित रमिते गोलाईमा ढुगाँ लोड गरेको ट्याक्टर दुर्घटना हुँदा २४ वर्षिय किसन सार्कीकोे मृत्यु भएको हो ।



