माओवादी नेतृ खड्काले टिकटको विषयमा असन्तुष्टी जनाउँदै राजीनामा दिएको पुष्टी
बुधबार, कात्तिक २, २०७९

‘एमाले उम्मेदवारबारे थामी समुदायमा भ्रम सिर्जना गर्न खोजियो’
मंगलबार, कात्तिक १, २०७९
चरिकोट–कालिञ्चोक गाउँपालिकाका पुर्व अध्यक्ष विनकुमार थामीले विगतको घट्नालाई जोडेर नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार र आफु बिरुद्ध भ्रम फैल्याईएको भन्दै आपत्ती जनाएका छन् । केही वर्षअघि आफुमाथि भएको दुव्र्यबहार र आक्रमणको घट्नामा एमाले संघीय उम्मेदवार वालकृष्ण शिवाकोटीलाई जोडेर सामाजिक संजालमा गरिएको प्रचार र केही नेताहरुले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले...

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने
आइतबार, असोज ३०, २०७९
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उहाँको १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

धारीलो हतियार खुकुरी प्रहार गरी फरार रहेका दोलखाका २ जना प्रतिवादिहरु पक्राउ
बुधबार, असोज २६, २०७९
धारीलो हतियार खुकुरी प्रहार गरी फरार रहेका दोलखाका २ जना प्रतिवादिहरु पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउाँपलिका वडा नम्बर २ हाल काठमाण्डौको बौद्द बस्ने २९ बर्षिय बिनोद तामाङ र ३३ बर्षिय जिवन तामाङ रहेका छन ।

बोतल र जारको पानीको मूल्य घट्यो
बुधबार, असोज २६, २०७९
सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै पानीको नयाँ मूल्य तोकेको हो ।

प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा सिन्धुपाल्चोकका ३ जना सहित ६ पक्राउ
बुधबार, असोज २६, २०७९
कादरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा, जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना छन ।

दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा फेरी ‘पाहुना’ उम्मेदवार
सोमबार, असोज २४, २०७९
चरिकोट – मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म दोलखा प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरुले भुगोलकै उम्मेदवार उठाउने निश्चित जस्तै थियो । यसअघिका निर्वाचनमा अन्यत्रबाट उम्मेदवार ल्याईएको भन्दै मतदातामा असन्तुष्टि बढेपछि जिल्लामा मुख्य प्रतिस्पर्धी रहेका नेकपा एमाले र गठबन्धनले यो पटक भुगोलकै उम्मेदवार...

रामेछापमा बस दुर्घटना हुदा १३ जना घाइते
आइतबार, असोज २३, २०७९
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन
शनिबार, असोज २२, २०७९
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिवार बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो । घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो ।

दोलखामा एमालेले सार्यो नयाँ अनुहार, संघमा शिवाकोटी, प्रदेशमा श्रेष्ठ र केसी
शुक्रबार, असोज २१, २०७९
काठमाडौं - नेकपा एमालेले दोलखाको संघ र प्रदेशमा नयाँ अनुहारलाई अघि सार्ने भएको छ । अन्तिम घडीमा परिवर्तन गर्दै एमालेले नयाँलाई अबसर दिने निर्णय गरेको हो । यसअघि संघमा जिल्लाका दुई शीर्ष नेता तथा पूर्वमन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङको चर्चा रहेकोमा नेता वालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको छ...
1664530418.jpg)
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह
शुक्रबार, असोज १४, २०७९
जिल्ला प्रशासन कार्यालय दोलखाले हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियारहरु बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न
बुधबार, असोज १२, २०७९
नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा आज हिन्दु धर्मलवम्बीहरुको महान चाड बडा दशै,शुभदिपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरीएको हो ।