Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भुगोलकै उम्मेवार उठाउने भएको छ । यसअघिका निर्वाचनहरुमा गैरभूगोलका नेताहरुलाई उम्मेदवार बनाएको भन्दै आलोचना हुने गरेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको प्रदेश निर्वाचन क्षेत्रतर्फ (ख) मा एमालेबाट भूगोलकै नेता उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
घटस्थापनामा दोलखाली पूर्वसांसद र नेताहरुको काठमाण्डौंमा जमघट (तस्बिरहरु)
घटस्थापनामा दोलखाली पूर्वसांसद र नेताहरुको काठमाण्डौंमा जमघट (तस्बिरहरु) काठमाण्डौं - दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा दोलखाका राजनीतिक दल तथा सांसदहरु चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीत भएका छन् । चाडवाडले छोपेसँगै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएका हुन् ।
पितृ खुसी नभएको निहुँमा रामेछापमा एक जनाको हत्या
पितृ खुसी नभएको निहुँमा रामेछापमा एक जनाको हत्या मन्थली - रामेछापको खाँडादेवी गाउँपालिकामा एक जना बृद्धाको हत्या गरिएको छ । खाँडादेवी गाउँपालिका (३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै  एक वृद्धाको कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट अर्की एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
आकस्मिक सवारी लाईसेन्सका लागि आवेदन खुल्यो
आकस्मिक सवारी लाईसेन्सका लागि आवेदन खुल्यो काठमाण्डौं - यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए।
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ चरिकोट - दोलखा घर भएका एक जना मिटरव्याजी काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेजबिक्रम कार्की रहेका छन् । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । जिल्लाका एक जना पीडितको जाहरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोलखा स्थायी घर भएपनि उनी रौतहटको चन्द्रनिगाहपुरु बस्दै आएका थिए...
खोलामा लडेर बेपत्ता शिक्षकको २२ घण्टापछि जिबितै उद्धार
खोलामा लडेर बेपत्ता शिक्षकको २२ घण्टापछि जिबितै उद्धार चरिकोट - सिन्धुपाल्चोकको एक खोलामा बेपत्ता भएका शिक्षकको करिव २२ घण्टापछि जिबितै उद्धार गरिएको छ । जिल्लाको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर बेपत्ता भएका दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय शिक्षक केशव शिवाकोटीको उद्धार गरिएको हो ।
खोलामा लडेर बेपत्ता शिक्षक शिवाकोटी घाईते अवस्थामा भेटिए
खोलामा लडेर बेपत्ता शिक्षक शिवाकोटी घाईते अवस्थामा भेटिए चरिकोट - सिन्धुपाल्चोकको खोलामा बेपत्ता भएका दोलखाको कालिञ्चोक गाउँपालिका घर भएका एक शिक्षक घाईते अवस्थामा भेटिएका छन् । जिल्लाको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर बेपत्ता भएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय केशव शिवाकोटी केही घाईते अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ...
सवारी दुर्घट्नामा गम्भिर घाईते भएका दोलखाका युवकको उपचारका क्रममा मृत्यु
सवारी दुर्घट्नामा गम्भिर घाईते भएका दोलखाका युवकको उपचारका क्रममा मृत्यु चरिकोट — सिन्धुपाल्चोकमा कार दुर्घट्नामा परी गम्भिर घाईते भएका दोलखा भीमेश्वर नगरपालिका २ का एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर २ का २२ वर्षिय राजेश तामाङ रहेका छन् । धुलिखेल अस्पतालबाट रिफर गरी काठमाण्डौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो ।
दोलखा बैतेश्वरका युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता
दोलखा बैतेश्वरका युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता काठमाण्डौं - दोलखा घर भएका एक युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता भएका छन् । मोटरसाईकल चढेर मुग्लिन पुगेका ती युवक मोटरसाईकल पुलमा छाडेर नदीमा हामफालेका हुन् । मोटरसाईकलमा उनको झोला र सोसाईट नोट भेटिएको प्रहरीले बताएको छ ।
दोलखाबाट हराएका पुरातात्विक सम्पदा कसरी पुग्यो बेलायत र अमेरिका ?
दोलखाबाट हराएका पुरातात्विक सम्पदा कसरी पुग्यो बेलायत र अमेरिका ? काठमाडौँ - दोलखाका दुई निजी संग्रहकर्तासँग रहेका सोह्रौं शताब्दीको सृजना मानिने दुई पुरातात्विक सम्पदा बेलायत र अमेरिकामा फेला परेका छन् । हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीमा अभियान बनेको ‘लस्ट आट्र्स अफ नेपाल’ अनुसार, दोलखाको कोरछेंस्थित श्रेष्ठ परिवारसँग रहेको तामाको सुनौलो ‘बज्रधारा’ अन्तर्राष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग...
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको एक बर्ष : दैनिक ४ करोड आम्दानी
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको एक बर्ष : दैनिक ४ करोड आम्दानी चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दैनिक ४ करोड रुपैयाँ आम्दानी गरिरहेको छ । आयोजनाका अधिकारीहरुका अनुसार आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भैरहेको छ । जसबाट आयोजनाले दैनिक ४ करोड रुपैयाँ बराबरको विद्युत बिक्रि गरिरहेको छ । आयोजनाले २०७८ भदौ ४ गतेदेखि ४ वटा युनिटहरू र सोही महिनाको २५...
काभ्रेमा पहिरोले घर पुरियो, एकै परिवारका तीनजनाको मृत्यु
काभ्रेमा पहिरोले घर पुरियो, एकै परिवारका तीनजनाको मृत्यु बनेपा - काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।  जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो । 
Weather Update