
स्तरीय प्रश्नपत्र निर्माण गर्न मेलुङ गाउँपालिकामा शिक्षकलाई तालिम
बुधबार, पुस ११, २०८०
चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले प्रभावकारी र गुणस्तरिय प्रश्नपत्र निर्माण गर्न शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । विद्यार्थीको अध्ययन क्षमताको सही मुल्यांकन गर्ने आधार स्तरीय प्रश्नपत्र भएकोले शिक्षकहरुलाई त्यसबारे तालिम दिईएको गाउँपालिकाले जनाएको छ ।

आयोगले मावि तहमा ४३५ शिक्षकका लागि विज्ञापन गर्दै
शनिबार, पुस ७, २०८०
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षकका लागि आवेदन आव्हान गर्ने भएको छ । यसको लागि आईतवार विज्ञापन गर्ने आयोगको तयारी छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ ।

थामीचागुका ३२१ जना विद्यार्थीहरुलाई झोला बितरण
शनिबार, असोज २७, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । थामीचागु स्थित विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच शनिवार उक्त विद्यालयमा अध्ययनरत ३२१ जना विद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था एसएस फाउण्डेसनका तर्फबाट जिल्ला अध्यक्ष नवराज खड्काले विद्यार्थीहरुलाई...

राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
काठमाडौँ । आन्दोलनरत राहत तथा वालविकास शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग पाँच बुँदे सहमति पछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।

सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
काठमाडौं । शिक्षा विद्येयकको बिरोधमा उत्रिएका शिक्षकहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग सहमति भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका हुन् । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शिक्षकहरुको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प
बिहीबार, असोज ४, २०८०
काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले दोस्रो दिन पनि सडक आन्दोलन जारी राखेका छन् । काठमाडौं केन्द्रीत आन्दोलनका कारण देशभरिका सामुदायिक विद्यालय बन्द छ ।

शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
बुधबार, असोज ३, २०८०
काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको बिरोधमा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । विद्येयकका केही प्रावधानमा शिक्षक संघ संगठनहरुको आपत्ती छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् ।

शिक्षक हुन स्नातक र स्नातकोत्तर अनिबार्य
बुधबार, भदौ २७, २०८०
काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रावधान ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए जागिर चट
बुधबार, भदौ २७, २०८०
काठमाडौं । सार्वजनिक विद्यालयका शिक्षकले बहाल रहेर अन्य देशको आवासीय अनुमतिका लागि निवेदन दिन नपाउने भएका छन् । शिक्षकले त्यसरी अनुमति मागेको प्रमाणित भएमा ऊ कारबाहीको भागिदार हुने व्यवस्था नयाँ शिक्षा ऐनमा गरिएको छ ।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन सकिने
मंगलबार, भदौ १२, २०८०
काठमाडौं । विद्यार्थीहरुले अब शैक्षिक प्रमाणपत्र सच्याउने अबसर पाउने भएका छन् । मन्त्री परिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रमाणपत्रको ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो ।

एसईईको ग्रेडबृद्धि परीक्षा साउन २६ र २७ गते
शनिबार, असार २३, २०८०
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।