पत्रकार महासंघको निर्वाचनमा चौतारी र युनियनको संयुक्त प्यानल
शुक्रबार, मंसिर २१, २०८१

काठमाडौंमा सकियो रविको वयान
सोमबार, मंसिर १७, २०८१
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरी पोखरा लगिने भएको छ । काठमाडौंमा वयान सकिएपछि लामिछानेलाई फेरी पोखरा फर्काउन लागिएको हो । प्रहरीले शुक्रबार सुरु गरेको वयान लम्बिएर सोमबार मात्रै सकिएको हो ।

तामाकोशी नदीमा १६ वर्षिय किशोर बेपत्ता
आइतबार, मंसिर १६, २०८१
दोलखा । दोलखामा एक किशोर तामाकोशी नदीमा वेपत्ता भएका छन् । ललितपुरको पाटन घर भई भीक्षु पढ्न दोलखा आएका १६ वर्षीय उन्नत शाक्य बेपत्ता भएका हुन् ।

‘उमा शेर्पा बिरुद्धका समाचार अपुष्ट र भ्रामक’
शुक्रबार, मंसिर १४, २०८१
काठमाडौं । प्रेस काउन्सिल नेपालले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पा बिरुद्धको समाचार तत्काल हटाउन निर्देशन दिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कवाडी चोरी घट्नासँग शेर्पालाई जोडेर केही अनलाईनमा आएको समाचार अपुष्ट र भ्रामक भएको भन्दै काउन्सिलले यस्तो निर्देशन दिएको हो ।

कोशी प्रदेशका पूर्वमन्त्री हिरासतमुक्त
सोमबार, मंसिर १०, २०८१
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

कालिञ्चोक मन्दिर दर्शन गर्न अब कर तिर्नुपर्ने
आइतबार, मंसिर ९, २०८१
चरिकोट । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक पुग्ने पर्यटकहरुले अब कर तिुर्नुपर्ने भएको छ । कालिञ्चोक गाउँपालिकाले भ्रमण गर्न तथा मन्दिर दर्शन गर्न आउने पर्यटकहरुबाट कर उठाउने निर्णय गरेको हो ।

धरहरा सशुल्क संचालनमा
आइतबार, मंसिर ९, २०८१
काठमाडौं । काठमाडौंको सुन्धारा स्थित धरहरा आईतवारदेखि संचालनमा आएको छ । धरहरा चढ्दा र पार्किङ गर्दा शुल्क तिर्नेगरी संचालनमा आएको हो ।

डेंगु संक्रमणमा कमी, जोखिम कायमै
शनिबार, मंसिर ८, २०८१
काठमाडौँ । गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमणमा कमी आएको छ । चिसो मौसम सुरु भएसँगै यसको संक्रमण पनि घट्न थालेको हो । चिकित्सकहरुका अनुसार चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै छ ।

सिन्धुलीमा १८९ केजी गाँजा बरामद, चालक पक्राउ
शनिबार, मंसिर ८, २०८१
काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजा बरामद भएको छ । गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३ जना निर्विरोध निर्वाचित, ३१ जनाको उम्मेदवारी फिर्ता
बिहीबार, मंसिर ६, २०८१
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार राति आयोगले निकालेको विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा, प्रधानमन्त्री विरुद्ध यसरी फैलाए भ्रम
मंगलबार, मंसिर ४, २०८१
काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईं फेरी प्रहरी हिरासत पुगेका छन् । उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

रविबिरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
आइतबार, मंसिर २, २०८१
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै नोल प्रहरीका पुर्व डीआईजी छविलाल जोशी बिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।