झुक्याएर बालिकासँग विवाह गर्दा...
सोमबार, पुस १५, २०८१
शेरा दरबार जग्गा अपचलनका दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
आइतबार, पुस १४, २०८१
काठमाडौँ । नुवाकोटाको शेरा दरबारको जग्गा अपचलनबारे गहिरो अनुसन्धन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
दोलखामा ‘एक चिहान’ नाटक प्रदर्शन हुने
शनिबार, पुस १३, २०८१
चरिकोट । बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ दोलखामा प्रदर्शन हुने भएको छ । ओजस थिएटरले आगामी मङ्गलबारदेखि उक्त नाटक प्रदर्शन गर्न लागेको हो । हृदयचन्द्रसिंह प्रधानको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई केन्द्रित गरी नाटक प्रदर्शन गर्न लागिएको हो ।
पत्रकार महासंघको नवनिर्वाचित कमिटीले ग¥यो चार निर्णय
मंगलबार, पुस ९, २०८१
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार गोपाल दाहालमाथि धम्की आएको विषयमा स्थलगत अध्ययन गर्ने भएको छ । स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न महासंघले एक टोली खटाउने निर्णय गरेको छ।
दोलखामा गाडीको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, पुस ५, २०८१
चरिकोट । दोलखामा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हाइलक्स गाडीको ठक्करबाट भीमेश्वर नगरपालिका –५ चोथाङका ५४ वर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको हो । शुक्रबार दिउँसो भीमेश्वर नगरपालिका –६ महादेव खोलामा उक्त घट्ना भएको हो ।
रवि लामिछाने बिरुद्धको मुद्धा अब अदालतमा
शुक्रबार, पुस ५, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्धा अब अदालतमा पुग्दैछ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता गर्न लागेको हो । उनीबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागिएको छ ।
दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज
बुधबार, पुस ३, २०८१
विराटनगर । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार सो रिट खारेज गरिदिएको हो । अब प्रसाईंले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई बाटो खुलेको छ ।
प्रधान-सम्पादक थामी पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
मंगलबार, पुस २, २०८१
काठमाडौं । साझाबोली डटकमका प्रधान सम्पादक लक्ष्मण थामी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले तेस्रो लोकप्रिय ४३७३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी बख्तियार अलिले २११६ मत प्राप्त गरे । उनीहरुबीच २२५७ को मतान्तर छ ।
रविबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको प्रतिवेदन
सोमबार, पुस १, २०८१
कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिरुद्धको सम्पति शुद्धिकरण सम्बन्धि मुद्धाको प्रतिबेदन तयार गरेको छ । उक्त प्रतिवेदनमा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ ।
एमालेले प्राप्त गरेको जग्गादान बिरुद्धको रिट खारेज
सोमबार, पुस १, २०८१
काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि दान गरिएको जग्गा र निर्माण हुने भवन बिरुद्ध परेको रिट खारेज भएको छ । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले उक्त जग्गा दानसँगै भवन निर्माण गर्ने घोषणा गरेका थिए । सो बिरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
काभ्रेमा सुनसहित दुई जना पक्राउ
मंगलबार, मंसिर २५, २०८१
बनेपा । काभ्रेमा ५५९.७ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नम्बर १३ को डठु टोलमा गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
१८ वर्षदेखि पत्रकारितामा रहेका लक्ष्मण थामी पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार
मंगलबार, मंसिर २५, २०८१
काठमाडौं । झण्डै दुई दशकदेखि पत्रकारितामा रहेका लक्ष्मण थामी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । यही मंसिर २८ गते हुने निर्वाचनमा उनले अल्पसंख्यक क्लष्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । उनलाई देशभरका सबै शाखा तथा प्रतिष्ठानका सदस्यले मतदान गर्न पाउँछन् ।
मतदाता नामावलीमा नाम दर्ता खुला
शुक्रबार, मंसिर २१, २०८१
काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ ।





