दोलखाका १८ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज
बुधबार, भदौ १७, २०७७

भिषण हावाहुरी, वर्षात र पहिरोले लाखौंको क्षति, १ हजार कुखुरा पुरिए
बुधबार, भदौ १७, २०७७
चरिकोट – भिषण हावाहुरी र वर्षातका कारण कालिञ्चोक गाउँपालिकामा ठुलो धनमालमा क्षति पुगेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ र ७ तथा त्यस आसपासका क्षेत्रमा मंगलबार वर्षात सँगै चलेको भिषण हावाहुरी र पहिराले स्थानीय कृषि फर्म तथा खेतवारीमा क्षति पुर्याएको हो ।

विपदमा परी ज्यान गुमाएका दोलखाका ४ जनाको परिवारलाई ६ लाख राहात दिने निर्णय
मंगलबार, भदौ १६, २०७७
चरिकोट - बर्षातको समयमा विपद्मा परी यो वर्ष ज्यान गुमाएकाको परिवारलाई राहात उपलब्ध गराईने भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाको बिभिन्न स्थानमा विपद्मा परी मृत्यु भएका ४ जनाको परिवारलाई ६ लाख रुपैयाँ राहात दिने निर्णय गरेको छ ।

दोलखा जिरीका युवकको कालिञ्चोक गाउँपालिकामा मृत्यु
सोमबार, भदौ १५, २०७७
चरिकोट - दोलखाको कालिञ्चोक गाउपालिकामा जिरीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका वडा नम्बर ८ बैजनीका ३० वर्षिय लाल बहादुर योगी रहेका छन् ।

दोलखामा एकैदिन ४ जनामा कोरोना सङ्क्रमण पुष्टि
सोमबार, भदौ १५, २०७७
चरिकोट - दोलखामा एकैदिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउपालिकाको दुई जना पुरुष र एकजना महिला तथा बिगु गाउपालिकाकी एक जना युवतीमा स्सङ्क्रमण पुष्टि भएको हो । उनीहरुमध्ये दुईजना सुरी र एकजना चंखुका रहेका छन ।

दोलखाको विगु गाउँपालिकाकी युवतीमा कोरोना संक्रमण पुष्टि
सोमबार, भदौ १५, २०७७
दोलखाको विगु गाउँपालिकाकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । विगु गाउँपालिका बडा नम्बर ४ सिंगटीकी अन्दाजी २२ वर्षिय युवतीमा संक्रमण पुष्टी भएको हो ।

दोलखामा लकडाउन खुकुलो : पसल, बैंक, कार्यालयहरु र दुईपाङ्ग्रे सवारी साधनपनि सुचारु हुने
सोमबार, भदौ १५, २०७७
चरिकोट – दोलखामा भोलीदेखि लकडाउन खुकुलो हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले विशेष स्वास्थ्य सुरक्षा अपनाएर यही भदौ २२ गतेसम्म लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

गोरु काटेको अभियोगमा तामाकोशी र जिरीका युवक पक्राउ
सोमबार, भदौ १५, २०७७
चरिकोट – दोलखाको तामाकोशी गाउँपालिकामा गोरु काटेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिरी नगरपालिका वडा नम्बर ९ खोल्मेका ३१ वर्षिय पोश बहादुर तामाङ र तामाकोशी गाउँपालिका वडा नम्बर ७ स्थित हावा निवासी ३१ वर्षिय लक्ष्मण नेपाली रहेका छन् ।

लामो दुरीका यातायात र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक
सोमबार, भदौ १५, २०७७
काठमाडौँ — लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचल्ने भएको छ । सरकारले कोरोना संक्रमण फैलिने क्रम जारी रहेको भन्दै लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म संचालन नगर्ने निर्णय गरेको हो ।

कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखियो
शनिबार, भदौ १३, २०७७
काठमाडौं - कोटेश्वर ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सुरुमा प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षण गरिएकोमा दुबै जनामा संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा दुई युवतीलाई बलात्कार गरेको आरोपमा पूजारी पक्राउ
शनिबार, भदौ १३, २०७७
नेपालगन्ज - झारफुक गर्ने भन्दै बोलाएर दुई महिलामाथि बलात्कार गरेको आरोपमा बाँकेमा एक पुजारी पक्राउ परेका छन्। प्रहरीका अनुसार घटना भदौ १० गते राति १२ बजेतिर उक्त घट्ना भएको जाहेरी परेको छ ।

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
शुक्रबार, भदौ १२, २०७७
काठमाडौँ — उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका चौधरी सांसदसमेत हुन् । उनले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

भक्तपुर मध्येपुर थिमि नगरपालिकाकी मृतक बृद्धामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, भदौ १२, २०७७
भक्तपुर — मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया मृतक बृद्धा महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती वृद्धाको बिहीबार दिउँसो नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा मृत्यु भएको थियो ।