काभ्रेमा बोधिचित्त लुटपाटको प्रयास भएपछि प्रहरीले गोली चलायो
शुक्रबार, असार १२, २०७७
जनजाति प्रतिष्ठानको उपाध्यक्ष बने गोकुल घर्ती
बिहीबार, असार ११, २०७७
काठमाडौं - सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशाशसन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिले उपाध्यक्षका लागि घर्तीको नाम सिफारिस गरेको थियो ।
३ सय वर्ष पुरानो कालिनाथान मन्दिरको पुर्ननिर्माण हुँदै
मंगलबार, असार ९, २०७७
चरिकोट — दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर-८, सुनखानी स्थित कालिनाथान मन्दिरको पुर्ननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ऐतिहाँसिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कालिनाथान मन्दिरमा २०७२ सालको बिनासकारी भूकम्पले क्षति पुर्याएको थियो । स्थानीयको चन्दा संकलन अभियान र प्रदेश सरकारको सहयोगमा भूकम्प गएको ४ बर्षपछि पुर्ननिर्माण कार्यले गति लिएको...
दोलखामा नेगेटिभ, सिन्धुपाल्चोक पुग्दा कसरी भयो कोरोना संक्रमण ?
शनिबार, असार ६, २०७७
चरिकोट – दोलखादेखि गृहजिल्ला सिन्धुपाल्चोक फर्किएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ट्राभल हिष्ट्रि खोजी भएको छ । उनीहरु दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका स्थित खानीखोला जलविद्युत आयोजनामा कार्यरत कामदार हुन् । त्यहाँ कार्यरत ५२ जना कामदारहरुको गत जेठ महिनामै पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।




