पूर्वमन्त्री पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक लोकार्पण
शनिबार, भदौ २५, २०७९
दोलखाका संघीय र प्रदेश सांसदले गरे वाम गठबन्धनबाट चुनाव जितेको स्मरण
शुक्रबार, भदौ २४, २०७९
चरिकोट – पुर्वमन्त्री एवं संयीय सांसद पार्वत गुरुङ र प्रदेश सांसद एवं वन तथा वातावरण मन्त्री विशाल खड्काले वाम गठबन्धनबाट सँगै चुनाव लडेर जितेको स्मरण गरेका छन् । अघिल्लो निर्वाचनमा एउटै गठबन्धनबाट चुनाव जितेको स्मरण गर्दै उनीहरुले जिल्लाको विकास निर्माणको लागि मिलेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।
दोलखाको जिरी नगरपालिकामा एक पुरुष मृत फेला
बुधबार, भदौ २२, २०७९
दोलखाको जिरी नगरपालिकामा एक पुरुष मृत फेला परेका छन । जिरी नगरपालिका वडा नम्बर ९ चिपचिपे नजिकै खोलाखर्क स्थित खोलामा जिरी नगरपालिका ८ होसिङगा खत्रीटोलका ४१ वर्षीय राजन कुमार खत्री आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिक्देलले जानकारी दिनुभयो ।
पुर्ब जिसस प्रमुख पाण्डे दोलखाको प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ सिफारिस
बुधबार, भदौ २२, २०७९
चरिकोट - नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य एबम दोलखा जिल्ला सह इन्चार्ज डबल पाण्डेले प्रत्यक्षबाट प्रदेशसभा सदस्य निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । प्रदेशसभा सांसद लड्ने आकांक्षा देखाएपछि उनलाई पार्टीको जिल्ला कमिटी बैठकले उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित रामेछापका १ जना सहित १५ जना पक्राउ
मंगलबार, भदौ २१, २०७९
प्रहरीले काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।
ओरियन्ट म्याग्नेसाईट उद्योगको पाटपुर्जा हराए
मंगलबार, भदौ २१, २०७९
चरिकोट - दोलखा र सिन्धुपाल्चोक स्थित ओरियन्ट म्याग्नेसाईट उद्योग वर्षौंदेखि बन्द रहँदा त्यहाँ रहेको महत्वपुर्ण पाटपूर्जाहरु हराएका छन् । ओरियन्ट म्याग्नेसाइट उद्योगको संरचना दुई जिल्लामा निर्माण भएको थियो । उद्योग ३४ वर्षदेखि बन्द छ । उद्योग बन्द हुँदा धेरैको रोजगारीको अवसर गुमेको छ ।
यी हुन् दोलखाबाट माओवादी केन्द्रले सिफारिस गरेका संघ र प्रदेशका ४० जना उम्मेदवार
सोमबार, भदौ २०, २०७९
चरिकोट – नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस टुंग्याएको छ । जिल्ला समन्वय कमिटीको सामेवार अबेरसम्म बसेको बैठकले जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतितिधिसभा तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । जसमा पोलिट व्युरो सदस्य देवी खड्का, गंगा कार्की विश्व, विशाल खड्का, शंकर लामा, गोपाल...
दोलखा प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष उम्मेदवारमा एमालेबाट चार जनाको दाबी
सोमबार, भदौ २०, २०७९
चरिकोट - नेकपा एमाले दोलखाले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष निर्वाचन क्षेत्रतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सोमवार सम्पन्न जिल्ला कमिटी बैठकले उनीरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । जसमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, जीबसराज खड्का, टंक जिरेल र विदुर शर्मा रहेका छन् ।
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ एमालेबाट १५ जना उम्मेदवार सिफारिस (नामावलीसहित)
सोमबार, भदौ २०, २०७९
चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ ५ र समानुपातिक तर्फ १० जना उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटी दोलखाको सोमवार बसेको...
दोलखामा संघतर्फ एमालेको सिफारिस : पुराना र नयाँ दुबै अनुहार, जितबिर लामादेखि रचना खड्कासम्म
सोमबार, भदौ २०, २०७९
चरिकोट – नेकपा एमाले दोलखाले जिल्लाको एकमात्र संघीय निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । सोमवार सम्पन्न जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनक लागि बाहलवाला सांसदसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
दोलखाको प्रतिनिधिसभातर्फ बहालवाला सांसद गुरुङको उम्मेदवारी घोषणा
सोमबार, भदौ २०, २०७९
चरिकोट – पुर्वमन्त्री एवं बहालवाला सांसद पार्वत गुरुङ आगामी निर्वाचनका लागि दोलखाबाट पुन उम्मेदवार सिफारिस भएका छन् । सोमवार बसेको एमाले जिल्ला कमिटी बैठकले गुरुङलाई जिल्लामा प्रतिनिधिसभाको उम्मेदवारका लागि पार्टी केन्द्रमा सिफारिस गरेको हो । प्रतिनिधिसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखाको उनी बहालवाला सांसद हुन् ।
दोलखामा निष्क्रिय जस्तै बनेका जनसंगठनहरु फेरी जगाउँदै एमाले (फोटोफिचर)
शनिबार, भदौ १८, २०७९
चरिकोट – नेकपा एमालेले दोलखामा जनसंगठन ब्युँताउन थालेको छ । एमालेले माओवादी केन्द्रसँग एकता भई नेकपा बनेपछि निष्क्रिय जस्तै रहेका पार्टीका जनसंगठनहरुलाई पुनः सक्रिय बनाउन थालेको हो । आगामी मंसिर ४ गते घोषित निर्वाचन नजिकिँदै गर्दा एमालेले जनसंगठनहरुको कार्यक्रमहरुलाई तीब्रता दिएको छ ।
संघ र प्रदेशतर्फ दोलखाबाट कांग्रेसका ३८ जना आकांक्षीको नाम सिफारिस
शुक्रबार, भदौ १७, २०७९
चरिकोट – नेपाली कांग्रेस दोलखाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले प्रतिनिधिसभा तर्फ जिल्लाको एक मात्र निर्वाचन क्षेत्र तर्फ ७ जनाको नाम सिफारिस गरेको छ ।



