डेंगु संक्रमण दर तीब्र, काठमाण्डौं बाहिरपनि फैलिँदै
बिहीबार, भदौ ९, २०७९

अस्पतालबाट फरार रामेछापका एक जना कैदी पक्राउ
बिहीबार, भदौ ९, २०७९
काठमाडौैं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार रामेछाप घर भएका एकजना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप तिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकी रहेका छन् । अस्पतालबाट फरार भएका उनलाई ललितपुर प्रहरीले लुभुबाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दाका फरार ओखलढुंगाका एक अभियुक्त पक्राउ
बुधबार, भदौ ८, २०७९
प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका १ घर भई हाल काठमाडौं ७ चाबहिल बस्ने ५२ वर्षीय शंकरप्रसाद लुईटेल रहेका छन ।

अपर तामाकोसीको ड्याममा बेपत्ता युवकको शव दुई हप्तापछि फेला
बुधबार, भदौ ८, २०७९
चरिकोट – दोलखाको लामागरस्थित माथिल्लो तामाकोसी आयोजनाको ड्याममा बेपत्ता एक युवक फेला परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का २८ वर्षिय रमेश बस्नेतको शव आज फेला परेको हो ।

पूर्वमन्त्री गुरुङद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन
मंगलबार, भदौ ७, २०७९
चरिकोट – पूर्वमन्त्री एवं दोलखाका संघीय सांसद पार्वत गुरुङसहितको टोलीले जिल्लाको दक्षिणी क्षेत्रमा बाढिपहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले मेलुङ र तामाकोसी गाउँपालिकाको सितली, मालुखोला र शहरेमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे स्थलगत अवलोकनसँगै पीडितहरुसँग भेटघाट गरेको हो ।

अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका दुई जना पक्राउ
मंगलबार, भदौ ७, २०७९
काठमाडौं - अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ छन् । उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरम अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुरको अभियोगमा रामेछापका एक पुरुष पक्राउ
मंगलबार, भदौ ७, २०७९
मन्थली - बैंकिङ कसुरको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ का कृष्णबहादुर खड्का पक्राउ परेका छन् । उनी बिरुद्ध दोलखाको मेलुङ गाउँपालिका घर भई हाल रामेछाप मन्थली १ बस्ने सुजुकी कार्कीले जाहेरी दिएका थिए ।

सिन्धुपाल्चोकका लोकप्रिय माओवादी नेताहरु एमाले प्रवेश
मंगलबार, भदौ ७, २०७९
सिन्धुपाल्चोक - नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिकाको निर्वतमान मेयर सहित अमानसिं तामाङसहित जिल्लाका लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन् ।

‘प्रदेश कार्यालयहरु छुट्टै संचालन हुँदा बिकृति बढ्यो, सिधै स्थानीय तहलाई जिम्मा दिनुपर्छ’
आइतबार, भदौ ५, २०७९
चरिकोट – नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङले प्रदेश अन्तर्गतका कार्यालयहरुले छुट्टै काम गर्ने परिपाटीले विकृति जन्मिएको बताएका छन् । प्रदेश सरकार मातहतका बिभिन्न कार्यलयहरुले छुट्टै कार्यसम्पादन गर्ने संरचनाले विकृति मौलाउँदै गएको र सुशासनमा प्रश्न उठेको उनले बताए ।

‘जनप्रतिनिधिको पहिलो कार्यकाल सिकाईको अबधि थियो, नयाँ जनप्रतिनिधिलाई त्यो छुट छैन’
मंगलबार, भदौ ७, २०७९
चरिकोट – वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले अघिल्लो कार्यकालको जस्तो नयाँ जनप्रतिनिधिलाई छुट नभएको बताएका छन् । स्थानीय तहको पहिलो कार्यकाल सिकाईको अबधि भएको भन्दै मन्त्री खड्काले अब सिक्ने अबधि नभएको र नयाँ जनप्रतिनिधिलाई त्यस्तो छुट नभएको बताएका हुन् ।

वालवालिकालाई आजदेखि फाईजर खोप : दोलखामा २२ हजार बढी वालवालिकालाई खोप लगाईंदै
आइतबार, भदौ ५, २०७९
चरिकोट - मुलुकका बिभिन्न ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको...

घरायसी बिवादपछि दोलखाको जिरीमा एक दम्पती मृत भेटिए
आइतबार, भदौ ५, २०७९
चरिकोट – दोलखाको जिरी नगरपालिकामा एक दम्पति मृत अवस्थामा भेटिएका छन् । जिरी नगरपालिका वडा नम्बर ८ घर भएका उनीहरुलाई फरक फरक स्थानमा मृत फेला पारिएको हो । श्रीमतीको भीरबाट लडेको अवस्थामा र श्रीमान घरमा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

रामेछापमा बाढिले ५ घर बगायो
शुक्रबार, भदौ ३, २०७९
रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ । हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो । बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको छ ।