दोलखाद्धारा मिटरब्याजी पिडितहरुसँग उजुरी दर्ताको लागि आग्रह
बिहीबार, भदौ २, २०७९

अर्थ मन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान
बुधबार, भदौ १, २०७९
देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । त्यही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो...

दोलखाको सितलीमा बाढीले एक दर्जन बढि घरमा क्षति
बुधबार, साउन २५, २०७९
चरिकोट - अविरल वर्षासँगै दोलखाको मेलुङ गाउँपालिकामा आएको बाढी पहिरोले एक दर्जन बढी घरमा क्षति पुगेको छ । मंगलवार राती आएको बाढीले मेलुङ गाउँपालिका ७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुगेको हो । बाढी आएपछि स्थानीयले घर छाडेर सुरक्षित स्थान गई ज्यान जोगाएका छन् ।

वाग्मती प्रदेश सरकारले फेरी ल्यायो अध्यादेश
बुधबार, साउन २५, २०७९
हेटौंडा - वाग्मती प्रदेश सरकारले संसद छल्दै पुनः २ वटा अध्यादेश ल्याएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको हो ।

तामाकोसी आयोजनाको बाँधमा बोटिङ गर्ने क्रममा एक युवक बेपत्ता
मंगलबार, साउन २४, २०७९
चरिकोट - माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा एक युवक डुवेका छन् । बोटिङ गरेर तर्ने क्रममा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत बेपत्ता भएका हुन् । प्रहरीका अभनुसार बेपत्ता युवक लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत थिए ।

‘रुपा स्मृति पुस्तकालय’ गौरीशंकर क्याम्पसलाई हस्तान्तरण
मंगलबार, साउन २४, २०७९
चरिकोट - गौरीशङ्कर बहुमुखी क्याम्पस सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठकी धर्मपत्नी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा स्थापित रुपा फाउण्डेसनको सहयोगमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ फाउण्डेसनले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई हस्तान्तरण गरेको छ ।

थामी कलासंस्कृति जोगाउन काठमाण्डौंमा ‘यापति सोनारी सांगीतिक साँझ’
मंगलबार, साउन २४, २०७९
काठमाण्डौं - थामी समुदायका कलाकारहरुले राजधानी काठमाण्डौंमा सांगितिक साँझको आयोजना गर्दैछन् । थामी समुदायको लोकसंस्कृति उजागर र प्रवद्र्धन गर्ने उदेश्यले काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो । २८ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर साउन २४ गते मंगलवार दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा कार्यक्रम हुनेछ ।

विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित सिन्धुपाल्चोकका १ जना पक्राउ
शुक्रबार, साउन २०, २०७९
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका ८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।
1659605967.jpg)
मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने
बिहीबार, साउन १९, २०७९
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

प्रदेश र संघको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा
बिहीबार, साउन १९, २०७९
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो।

अत्याधिक वर्षापछि तामाकोसी नदीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
बिहीबार, साउन १९, २०७९
चरिकोट – तामाकोसी नदीको सतह एक्कासी बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज विहानै सूचना जारी गर्दै नदी तटिय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

१०२ मेगावाटको मध्यभोटेकोशी आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न, सुरुङमा ब्रेक थ्रु
बुधबार, साउन १८, २०७९
चौतारा - सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार ७१२४ मिटरको सुरुङ समेत ब्रेक–थ्रु भएको छ । ब्रेक थ्रुपछि हाल सुरुङ ढलान गर्ने काम भइरहेको छ । आयोजनाका प्रशासकीय अधिकृत रामराज रायले पावर हाउस र ड्यामसहित निर्माणका सबै काम अन्तिम...

जग्गा धितोमा राखेर पाउने ऋणको सीमा घट्यो
बुधबार, साउन १८, २०७९
काठमाडौं - जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट कार्यान्वयनमा आएको छ । ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।