Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर नगरपालिकाद्धारा ९० करोड ७० हजार रुपैयाँको बजेट सार्वजनिक
भीमेश्वर नगरपालिकाद्धारा ९० करोड ७० हजार रुपैयाँको बजेट सार्वजनिक चरिकोट – दोलखाको सबैभन्दा ठुलो स्थानीय तह भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सदरमुकाम चरिकोट स्थित नगरपालिकाको कार्यालयमा आज आयोजित नगरसभामा उपप्रमुख कमला बस्नेतको तर्फबाट नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत भएको हो ।
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक हेटौंडा - बागमती प्रदेशमा नयाँ सहकारी संस्था दर्ता नहुने भएको छ । प्रदेश सरकारले नयाँ सहकारी संस्थाहरु दर्ता तत्कालका लागि वन्द गर्ने निर्णय गरेको हो । सहकारी संस्थाको दर्ता प्रक्रियाबारे आएका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
कांग्रेस वाग्मती प्रदेश सरकार परिवर्तन गर्ने कसरतमा
कांग्रेस वाग्मती प्रदेश सरकार परिवर्तन गर्ने कसरतमा हेटौंडा - नेपाली कांग्रेसले वाग्मती प्रदेश सरकार परिवर्तन गर्ने कसरत सुरु गरेको छ । कांग्रेस नेताहरुले पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व आफुले पाउनुपर्ने भन्दै सरकारको नेतृत्व परिवर्तनको तयारीमा लागेका हुन् । हाल सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्दै आएका छन् ।
कालिञ्चोक गाउँपालिकाको आगामी आवको बजेट ७२ करोड १९ लाख, पूर्वाधार, कृषि र शिक्षामा जोड 
कालिञ्चोक गाउँपालिकाको आगामी आवको बजेट ७२ करोड १९ लाख, पूर्वाधार, कृषि र शिक्षामा जोड  चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७२ करोड भन्दा ठुलो बजेट सार्वजानिक गरेको छ । आज आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले नीति कार्यक्रमसँगै कुल ७२ करोड १९ लाख ८० हजार रुपैयाँ बरावरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।  
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा 
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा  चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या आरोपीहरुमध्ये अदालतले एक जनालाई मात्रै पर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३, झ्याँकु सर्सेपुका २४ वर्षिय युवक यानबहादुर बस्नेतको हत्या घट्नाबारे आज थुनछेक बहस भएको थियो ।
बिवाहको प्रलोभनमा बलात्कार र नगद, गरगहना लुटपाट गर्ने युवक पक्राउ
बिवाहको प्रलोभनमा बलात्कार र नगद, गरगहना लुटपाट गर्ने युवक पक्राउ काठमाडौं - विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका-९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय भोटे, जय, आशिष भनिने बिश्‍व तामाङ रहेका छन् ।
दोलखाको पवटीमा साँघुरो सडकमा बस र ट्रक ठोक्कियो, एक जना घाईते
दोलखाको पवटीमा साँघुरो सडकमा बस र ट्रक ठोक्कियो, एक जना घाईते चरिकोट – दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा वस र ट्रक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् । रोल्वालिङ यातायातको बा ४ ख ४४३५ नम्वरको बस र वा ४ ख ९९२१ नम्बरको ट्रक विहान ८ बजेको समयमा आपसमा ठोक्किँदा वसका सवार भीनपा ५ किरातीछापका कविराज कार्की सामान्य घाईते...
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कालिञ्चोक–१, मा नमुना सोलिङ (फोटोफिचर)
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कालिञ्चोक–१, मा नमुना सोलिङ (फोटोफिचर) चरिकोट – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ मा नमुना सोलिङ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम भैरहेका काम गुणस्तरहिन र उपलब्धीहिन भएको गुनासो आईरहेका बेला कालिञ्चोकमा नमुना सोलिङ भएको हो । गाउँपालिकाको वडा नम्बर १ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडकमा गरिएको सोलिङ हेर्न लायक छ...
मोटरसाइकल र जिप आपसमा ठोक्किँदा दोलखाका एक युवकको मृत्यु
मोटरसाइकल र जिप आपसमा ठोक्किँदा दोलखाका एक युवकको मृत्यु सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्र्षीय महेश भुजेलको मृत्यु भएको हो । 
बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली जडान
बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली जडान चौतारा  - सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ । जडान गरिएको साईरनको सफल परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन्
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन् चरिकोट – दोलखामा जेठ मसान्तसम्मको अवधिमा ९ सय २५ मेट्रिकटन भन्दा बढी मल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा ९ लाख २५ हजार १ सय किलोग्राम मल भित्रिएको तथ्यांक छ । दोलखामा मल आपुर्ति गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुली शाखाका अनुसार उक्त...
Weather Update